१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको सुपरमार्केटको गल्लीमा घुमिरहेको एक उत्तेजित भालुको आक्रमणका कारण दुई जना मानिसहरू घाइते भएको तथा छुट्टै आक्रमणमा अर्का एक व्यक्ति मृत फेला परेका अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो समयमा जापानका आवासीय क्षेत्रहरूमा पनि, घट्दो मानव जनसङ्ख्या र जलवायु परिवर्तन जस्ता कारकहरूका कारण अत्यधिक जङ्गली भालुहरू देखिएका छन् ।

सार्वजनिक प्रसारणकर्ता एनएचकेले प्रहरीलाई उद्धृत गर्दै अर्को छुट्टै भालु आक्रमण परी उत्तरी इवाटे क्षेत्रको पहाडमा बुधबार एकजना मानिस मृत फेला परेका जनाएको छ ।

सुपरमार्केट पहाडी क्षेत्रहरूको नजिक भएता पनि यस अघि कहिल्यै भालुहरू यसरी मानिसहरू नजिक नआएको किराना पसल सङ्घका व्यवस्थापन योजना अधिकारी हिरोशी होरिकावालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

भालु पसलको मुख्य प्रवेशद्वारबाट भित्र प्रवेश गरी लगभग चार मिनेट भित्रै आक्रमण गरेको उनले जनाएका छन् ।