१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ)ले इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएको दुई वर्षको अवधिमा करिब ६१ हजार बालबालिकाको मृत्यु भएको वा अपाङ्ग भएको जानकारी दिएको छ ।

स्विट्जरल्यान्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले हरेक १७ मिनेटमा औसतमा एक बालक मृत्यु हुने वा घाइते हुने गरेको बताए ।

पिरेसले यस तथ्यप्रति खेद व्यक्त गर्दै भने, ‘बच्चाहरू ‘शारीरिक र मानसिक’ रूपमा धेरै लामो समयदेखि पीडित छन् र आघातमा बाँचिरहेका छन् ।’

उनले अगाडि थपे, ‘कुनै पनि बच्चाले कहिल्यै देख्नु नपर्ने डरलाग्दो अवस्थाको सामना गरिरहेका र अत्यधिक पीडाबीच बाँच्नुपरेको छ।’

उनले भने, ‘गाजामा प्रत्येक पाँच बच्चामध्ये एक समय नपुगीकन जन्मन्छ । यसरी जन्मने बच्चाहरूलाई जीवित रहनको लागि अक्सिजन मास्क आवश्यक पर्ने तर यस क्षेत्रमा उनीहरूको अस्तित्व सुनिश्चित गर्न आवश्यक पूर्वाधारको अभाव छ ।’

युनिसेफले गाजामा उसको टोलीहरू अझै पनि गाजा क्षेत्रकोे उत्तरबाट निकालिएका र समय नपुगी जन्मिएका बच्चाहरूको लागि इन्क्युबेटर र भेन्टिलेटर भित्राउनका लागि सकारात्मक सन्देशको पर्खाइमा छन् ।