१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । अस्ट्रेलिया र पपुवा न्युगिनीका नेताहरूले सोमबार ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गरेका छन् । उक्त सन्धिलाई चीनले आफूलाई लक्षित गरिएको सम्झौता भन्दै असन्तोष व्यक्त गरेको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले सम्झौतालाई आपसी रक्षा सन्धिको रूपमा वर्णन गरेका छन्, जसले दुवै मुलुकका रक्षा बल र सैन्य कर्मचारीबीच अभूतपूर्व सहयोग र एकीकरण सुनिश्चित गर्नेछ ।

सन् १९५१ मा संयुक्त राज्य अमेरिका र न्युजिल्यान्डसँग गरिएको एन्जस सन्धिपछि अस्ट्रेलियाको यो दोस्रो गठबन्धन–स्तरको सुरक्षा सम्झौता हो ।

पपुवा न्युगिनीका लागि भने यो पहिलो यस्तो सन्धि हो । दुवै देशका संसद्हरूले अनुमोदन गरेपछि यो सन्धि कार्यान्वयनमा आउनेछ ।

प्रधानमन्त्री अल्बानिजका अनुसार अस्ट्रेलियाको सबैभन्दा नजिकको छिमेकी राष्ट्र अब उसको प्रमुख सुरक्षा साझेदार बन्नु गर्वको विषय हो ।