१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । खोकीको औषधि सिरप सेवन गर्दा धेरै बालबालिकाको मृत्यु भएपछि भारतका कम्तीमा तीन राज्यले उक्त औषधिमा प्रतिबन्ध लगाएका छन् । 

मध्य प्रदेश र राजस्थानमा अगस्टको अन्त्यदेखि पाँच वर्षमुनिका कम्तीमा नौ बालबालिकाको मृत्यु उनीहरूलाई दिइएको खोकीको औषधिसँग सम्बन्धित रहेको बताइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार बालबालिकाले सेवन गरेको सिरपको नमूनामा गरिएको प्रयोगशाला परीक्षणले औद्योगिक विलयमा (सोल्भेन्ट्स) प्रयोग हुने विषाक्त पदार्थ डाइथाइलिन ग्लाइकोल (डीईजी) पाइएको छ, जुन सानो मात्रामा पनि सेवन गरेमा घातक हुन सक्छ ।

‘नमूनाहरूमा स्वीकार्य सीमाभन्दा बाहिर डीईजी पाइएको छ,’ मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘कोल्ड्रिफ कफ सिरप’ नामक ब्रान्डमा बिक्री हुने यो उत्पादन दक्षिण भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा कम्पनीले उत्पादन गरेको हो ।

‘यस सिरपको बिक्री सम्पूर्ण मध्य प्रदेशमा प्रतिबन्धित गरिएको छ,’ मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले भने । उनका अनुसार उक्त कम्पनीका अन्य उत्पादनहरूमा पनि बिक्री प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, तमिलनाडु र केरला राज्यका अधिकारीहरूले समेत उक्त सिरपको बिक्रीमा रोक लगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हालका वर्षहरूमा भारतमा निर्मित खोकीका सिरपहरू विश्वव्यापी रूपमा विवादमा आएका छन् ।

सन् २०२२ मा गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि भारतका औषधि उत्पादनहरू पुनः गम्भीर छानबिनको दायरामा आएका हुन् ।