१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इजरायली सेनाले गाजा जाने सहायता फ्लोटिलामा रोकेपछि खबरदारी गर्ने २० जनाभन्दा बढी विदेशी पत्रकारलाई इजरायलले गिरफ्तार गरेको भन्दै रिपोर्टर्स विदाउट बोर्डर्सले निन्दा गरेको छ । यसले सूचनाको स्वतन्त्र प्रभाहका लागि पत्रकारहरूलाई तत्काल रिहाइको आह्वानसमेत गरेको छ ।

विज्ञप्तिमा पेरिस स्थित मिडियाले गत महिना गाजाका लागि यात्रा गरेको फ्लोटिलामा २० जना भन्दा बढी विदेशी पत्रकारहरू रहेको बताएको छ, जहाँ संयुक्त राष्ट्र सङ्घले अनिकाल भइरहेको बताएको छ ।

पत्रकारहरूलाई बुधबारदेखि बिहीबारको बीचमा पक्राउ गरिएको र कार्यकर्ताहरूलाई गाजातर्फ लिएर गइरहेका डुङ्गाहरूलाई रोकेको आरएसएफले जनाएको छ ।

करिब ४०० भन्दा बढी मानिस बोकेका जहाजहरूलाई गाजा पट्टीमा पुग्नबाट रोकिएको एक इजरायली अधिकारीले बताएका छन् ।

पत्रकारहरूलाई पक्राउ गर्नु र उनीहरूलाई काम गर्नबाट रोक्नु सूचना दिने र सूचित हुने अधिकारको गम्भीर उल्लङ्घन भएको आरएसएफका प्रमुख मार्टिन रौक्सले बताएका छन् ।