१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । बडादशैंको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाउने प्रचलन छ ।

टीका–प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत निकालेको छ ।

विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दशैं टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीय मानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

समितिले नेपालका लागि आज बिहान ११:५३ बजे, दिल्ली, भारतका लागि आजै ११:४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११:२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११:५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११:०५, टेक्सासका लागि अक्टोबार ११:३३, वासिङ्गटन डिसीका लागि ११:३५, क्यालिफोर्नियाका लागि बिहान ११:११, कोलोराडोका लागि ११:२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्राडा माधव भट्टराईले जानकारी दिए ।

यसैगरी, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११:५५, भ्यानकुभरका लागि ११:३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११:३१, सिड्नी अस्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११:४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११:१९, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११:५३, एडिलेटका लागि ११:३५, क्यानबेराका लागि ११:५१, तास्मानियाका लागि ११:४५, पर्थका लागि ११:२५ र डार्बिन अस्ट्रेलियाका लागि बिहान ११:४७ बजेको साइत शुभ रहेको छ ।