१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । दक्षिण-पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तीय राजधानी क्वेटामा अर्धसैनिक बलको मुख्यालय नजिक भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु र ३० जना घाइते भएका छन्।

आतङ्ककारीले विस्फोटक पदार्थले भरिएको गाडी पर्खालमा ठोक्काएपछि ठूलो विस्फोट भएको र त्यसपछि सुरक्षाबलसँग भिडन्तमा चार आतङ्ककारी मारिएको अधिकारीहरूले जनाएका छन्।

मृतकमध्ये सात जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मी छन् ।

घाइतेहरूमा एक अधिकारीसहित नौ जना सुरक्षाकर्मी परेका छन्। धेरै घाइतेको अवस्था गम्भीर छ र क्वेटाका प्रमुख अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणको निन्दा गर्दै आतङ्ककारीलाई कानूनअनुसार कडा कारबाही हुने चेतावनी दिएका छन् ।