बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । प्रेमको प्रतीकका रूपमा विश्वप्रसिद्ध ताजमहल भारतको सबैभन्दा धेरै भ्रमण गरिने पर्यटन गन्तव्य बनेको छ ।
वित्तीय वर्ष २०२४–२५ मा यस स्मारकले ६९ लाख आगन्तुकलाई आकर्षित गरेको सङ्घीय पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो भारत पर्यटन डाटा कम्पेन्डियममा जनाइएको छ ।
तीमध्ये ६२ लाख ६० हजार घरेलु पर्यटक र करिब छ लाख ४५ विदेशी पर्यटक रहेको मन्त्रालयले जनाएको छ ।
सत्रौं शताब्दीमा निर्मित यो हात्तीको दाँत जस्तै सेतो सङ्गमर्मरको भव्य समाधि स्थल मुगल सम्राट शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको स्मृतिमा निर्माण गरेका थिए । यस भव्य कृतिमा सम्राट शाहजहाँकै समाधि पनि अवस्थित छ ।
पर्यटन मन्त्रालयका अनुसार ताजमहल एक दशकभन्दा बढी समयदेखि भारतमा सबैभन्दा बढी राजस्व आर्जन गर्ने र सर्वाधिक भ्रमण हुने स्मारक बनेर अग्रस्थान कायम राख्दै आएको छ ।
विश्व सम्पदा सूचीमा दर्जा प्राप्त ताजमहलले आफ्नो ऐतिहासिक, सांस्कृतिक र वास्तुकलात्मक महत्त्वका कारण प्रत्येक वर्ष लाखौं आगन्तुकलाई निरन्तर आकर्षित गर्दै आएको छ ।