१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

राज्यले बन्दुक बोकेरै आयो, हामीले कलम
टाउकोमा गोली ताकेरै हान्यो के लाउथ्यो मलम।

माथिका हरफहरु हिजोमा मात्रै सार्बजनिक भएको बिनम्र खत्रीको ‘हामी जेन्जी पुस्ता’ भन्ने गीति संग्रहबाट लिइएको हो। चर्चित एवं लोकप्रिय गायक बिष्णु खत्रीको शब्द संगीतमा बिनम्रले गाएको उक्त गीत उनको सांगीतिक करियरको पहिलो एकल गीत हो।

हालै नेपालमा जेन्जी पुस्ताले गरेको प्रदर्शनका क्रममा मृत्यु भएका युवाहरुका बारेमा तयार पारिएको गीत बिनम्र खत्रीले बिहीबार बिष्णु खत्री नामक युट्युब च्यानल बाट सार्बजनिक गरेका हुन्।

बिष्णु खत्रीका गीतमा अभिनय र भिडियो निर्देशक समेत भएर काम गरिसकेका बिनम्र खत्रीले पहिलो पटक आफ्नै स्वरमा गीत सार्बजनिक गरेका हुन्। ‘हुन यसअघि निस्केको पिर चिन्ताले भन्ने गीतमा पनि स्वर दिएको थिएँ’ क्योदाई न्यूज संगको कुराकानीमा बिनम्रले भने ‘त्यसमा मेरो एक/दुइ टुक्का मात्रै स्वर थियो, मेरो एकल स्वरमा निक्लिएको यो नै पहिलो गीत हो।’

देशमा ब्याप्त भ्रष्ट्राचारको नियन्त्रण हुनपर्ने माग राख्दै जेन्जी पुस्ताले केही दिन अघि देशभर प्रदर्शन गर्दा ७२ जनाको मृत्यु भएको थियो। बिनम्रले त्यसै बिषयलाई समेटेर ‘हामी जेन्जी पुस्ता’ नामक आफ्नो पहिलो एल्बम बजारमा ल्याएका हुन्।

आफु पनि जेन्जी पुस्तामा पर्ने भएकाले यो पुस्ताले राष्ट्रका लागि दिएको बलिदानीको कदर गर्दै उनीहरुकै आवाज समेटेर गीत सार्बजनिक गरेको बिनम्रको भनाइ छ। उनी भरिया दाइ, किसानी दाइ, अन्तर जातीय बिवाह, पछुतो, कि सास चाहियो कि लास चाहियो जस्ता चर्तित गीतका सर्जक तथा गायक बिष्णु खत्रीका छोरा हुन्।