१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको कोबेमा एक २० वर्षीया महिलामा एमपक्स भाइरसको ‘क्लेड १बी’ प्रकारको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार उनी भर्खरै अफ्रिका भ्रमण गरेर फर्किएकी थिइन् । जापानमा सो भाइरसको पहिलो पुष्टि भएको हो ।

‘क्लेड १बी एमपक्स’ भाइरस भनेको एमपक्स भाइरसको एउटा विशेष उपप्रकार हो, जुन मुख्यतया मध्य अफ्रिकाका केही क्षेत्रहरूमा फैलिएको छ । यो उपप्रकार क्लेड १बी नामले चिनिन्छ र यसको जेनेटिक संरचना अन्य एमपक्स भाइरसका प्रकारभन्दा फरक हुन्छ ।

१बी एमपक्स भाइरसले शरीरमा ज्वरो, छालामा रैश र अन्य सङ्क्रमणका लक्षणहरू देखाउँछ । यस भाइरसको सङ्क्रमण क्षमतामा भिन्नता हुन सक्छ र यसको पहिचानले रोगको रोकथाम र नियन्त्रणमा सहजीकरण पुर्‍याउँछ ।

जिनेटिक परीक्षणबाट पत्ता लागेको यो भाइरस मध्य अफ्रिकामा प्रचलित क्लेड १बी समूहमा पर्दछ ।

सङ्क्रमित महिलालाई ज्वरो र छालामा रैश देखा परेको थियो र उनले सेप्टेम्बर १२ मा कोबेको एक स्वास्थ्य संस्थामा उपचार गराएकी थिइन् ।