१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा दुई छुट्टाछुट्टै कारबाहीमा परी कम्तीमा ३१ ‘विद्रोही’को मृत्यु भएको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)का अनुसार लक्की मरवात र बन्नू जिल्लामा गत हप्ताको अन्त्यमा कारबाही गरिएको थियो ।

सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा बल र विद्रोहीबीच लक्की मारवतमा भएको भीषण गोलीबारीमा १४ विद्रोहीको मृत्यु भएको छ।’

बन्नू जिल्लामा भएको छुट्टै भिडन्तमा थप १७ जना विद्रोहीको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

आईएसपीआरले भनेको छ, ‘दुवै कारबाहीहरू प्रतिबन्धित सङ्गठनसँग सम्बन्धित लडाकूको उपस्थितिको बारेमा प्राप्त भएको गोप्य सूचनाका आधारमा गरिएको र कारबाहीको क्रममा हतियार र गोला बारुद पनि बरामद गरिएको थियो ।

कुनै पनि बाँकी खतरालाई हटाउन दुवै क्षेत्रमा सरसफाइ अभियान जारी रहेको सेनाले जनाएको छ। सेनाले पाकिस्तानका सुरक्षा बलहरू देशबाट आतङ्कवादको उन्मूलन गर्न प्रतिबद्ध रहेको कुरा दोहोर्‍याएको छ।