बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आएको बाढीका कारण हालसम्म कम्तीमा ९७ जनाको मृत्यु भएको छ । अन्य ४४ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)का अनुसार, रावी, सतलज र चेनाब नदीमा आएको बाढीले पञ्जाबभरि चार हजार ५०० भन्दा बढी गाउँमा क्षति पुर्याएको छ ।
बाढीबाट विस्थापित भएकामध्ये २४ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रहरूमा हालसम्म ३९६ वटा राहत शिविर स्थापना गरिएका छन्, जहाँ पीडितहरूलाई आश्रय, खाना तथा औषधोपचार सेवा उपलब्ध गराइँदैछ।
पीडीएमएले करिब १९ लाख गाईवस्तुहरूलाई पनि सुरक्षित स्थानमा सारिएको जनाएको छ।
देशभरको सरकारी विवरणअनुसार, जुन २६ देखि शुरू भएको मौसमी वर्षा र बाढीले हालसम्म ९५६ जनाको ज्यान लिइसकेको छ, भने एक हजार ६० भन्दा बढी नागरिक घाइते भएका छन् ।
यस बाढीका कारण करिब आठ हजार ४०० घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन्, र ६ हजार ५०० भन्दा बढी गाईवस्तु नष्ट भएका छन्।
सरकारले विस्थापित समुदायहरूलाई राहत प्रदान गर्न र थप क्षति रोक्न उद्धार तथा सहायता अभियानलाई तीव्र बनाएको जनाएको छ।
बाढीग्रस्त क्षेत्रहरूमा सेना, प्रहरी र स्थानीय निकायको सहकार्यमा राहत तथा पुनःस्थापना कार्य जारी रहेको छ।