१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको प्रथम महिला प्रधानमन्त्री नियुक्त भएकी छिन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ६१ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

जेन्जी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

कार्कीले पद तथा गोपनीयताको शपथ समेत लिइसकेकी छिन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच कार्कीले शपथ लिएकी हुन् ।​

जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको प्रदर्शन भएको थियो । यही विरोध प्रदर्शनपछि नयाँ चुनावी सरकारको कोर्समा देश अगाडि बढेको हो ।

७३ वर्षीया कार्की मुलुकको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।

उनी २०७४ जेठसम्म १४ महिना सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेकी थिइन् ।