बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । उत्तरी यमनको हुथी नियन्त्रणमा रहेको क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बुधबार भएको आक्रमणमा परी १३१ जना घाइते भएका मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार, आक्रमणमा अधिकांश मृत्यु राजधानी सानामा भएको छ ।
त्यहाँ २८ जनाको मृत्यु भएको र ११३ जना घाइते भएका छन् । उत्तरी प्रान्त अल–जावफमा सात जनाको मृत्यु हुनुको साथै १८ जना घाइते भएका छन् ।
उद्धार टोलीले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार, सानामा भएको आक्रमणले रक्षा मन्त्रालय, हुथी सेनाका प्रवक्ता याह्या सारियाको कार्यालय, एक सैन्य शिविर र इन्धन भण्डारण स्थललाई लक्षित गरेको थियो ।
अल–जावफमा हुथीद्वारा सञ्चालित अल–मसिरा टिभीले समाचारमा उल्लेख गरेअनुसार लक्ष्यहरूमा एक सरकारी भवन, एक बैङ्क र प्रान्तीय राजधानी अल–हज्ममा एक कार्यालय परेका थिए ।
आक्रमण स्थलबाट नजिकैका घरहरू र नागरिक सुविधाहरूमा पनि क्षति पुगेको बताइएको छ।