१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इरानका विदेशमन्त्री सेयद अब्बास अराघचीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए)सँग सकारात्मक र सार्थक छलफल भइरहेको जानकारी दिएका छन् ।

‘हामीले आशाजनक वार्ता गरेका छौं र सहकार्यका नयाँ आधार तयार पार्नका लागि धेरै बाँकी छैन,’ उनले भने, ‘हाम्रो लागि यस्तो सहकार्य महत्त्वपूर्ण छ, जसले राष्ट्रिय स्वाधीनता र संसदद्वारा पारित कानूनी मापदण्डहरूलाई सम्मान गर्नेछ ।’

संयुक्त राज्य अमेरिकासँग सम्भावित वार्ताको विषयमा उनले भने, ‘मध्यस्थमार्फत सन्देशहरूको विनिमय भइरहेको छ । जबसम्म अमेरिकाले आपसी सम्मान र साझा हितमा आधारित वार्ताका लागि तयार रहेको देखाउँछ, हामी पनि वार्ता शुरू गर्न तयार हुनेछौं ।’

इरान र अमेरिकाबीच वार्ता पूर्व निर्धारित मितिमा ओमानमा हुन लागेको थियो, तर इजरायलको हवाई आक्रमणपछि त्यो स्थगित भएको थियो ।

पछि अमेरिकाले पनि इरानका आणविक स्थलहरूमा आक्रमण गरेको थियो ।