२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा अमेरिकी आप्रवासन अधिकारीहरूले छापा मार्दा ३०० भन्दा बढी दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् । शनिबार सउलस्थित विदेश मन्त्रालयले यसबारे पुष्टि गरेको हो ।

विदेशमन्त्री चो ह्युनले सउलमा आयोजित आपतकालीन बैठकमा बताएअनुसार, कुल ४७५ जना पक्राउ परेका मध्ये “३०० भन्दा बढी हाम्रो देशका नागरिक रहेको विश्वास गरिएको छ ।”

कानूनी उल्लङ्घनमा आधारित छापा

अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागका विशेष एजेन्ट स्टीवन श्र्यांकका अनुसार, यो छापा बिहीबार एलाबेल शहरस्थित हुन्डाई–एलजीको संयुक्त कारखानामा ‘गम्भीर सङ्घीय अपराध र अवैध रोजगारसम्बन्धी आरोपहरूको’ अनुसन्धानका क्रममा गरिएको हो ।

‘यो सामान्य आप्रवासन छापा होइन,” श्र्यांकले भने, ‘यो धेरै महिना लामो आपराधिक अनुसन्धानको नतिजा हो ।’