बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । भारतको एक अदालतले छालाको रंगका कारण आफ्नी पत्नीलाई जिउँदै जलाएको अभियोगमा एक पुरुषलाई मृत्युदण्डको सजाय सुनाएको छ।
मृत्युअघि दिएको बयानमा लक्ष्मीले आफ्ना श्रीमान् किशन्दासले आफूलाई ‘कालो छाला भएको’ भन्दै निरन्तर जिस्क्याउने गरेको बताएकी थिइन्।
उत्तर भारतको उदयपुरस्थित जिल्ला न्यायाधीश राहुल चौधरीले यो हत्या ‘सबैभन्दा दुर्लभमध्ये दुर्लभ’ श्रेणीमा पर्ने भन्दै यसलाई ‘मानवता विरुद्धको अपराध’ भनेका छन्।
किशन्दासका वकिलले भने आफ्ना क्लाइन्ट निर्दोष रहेको र उनीहरू यस आदेशविरुद्ध अपिल गर्ने बताएका छन्।
लक्ष्मीको हत्या आठ वर्षअघि भएको थियो भने गत साता सुनाइएको फैसलाले भारतमा व्यापक रहेको छालाको रंगप्रतिको सामाजिक पूर्वाग्रह फेरि चर्चामा ल्याएको छ।
आक्रमणको रात
अदालतको आदेशअनुसार, लक्ष्मीमाथि २४ जुन २०१७ को रातमा आक्रमण भएको बीबीसीले लेखेको छ ।
निर्णयमा उद्धृत बमोजिम लक्ष्मीले मृत्यु अघिसम्म प्रहरी, चिकित्सक र कार्यकारी मजिस्ट्रेटलाई दिएको बयानमा श्रीमान्ले आफूलाई बारम्बार ‘काली’ भन्ने, छालाको रंगकै कारण शरीरका बारेमा अपमान गर्ने गरेको उल्लेख छ।
सन् २०१६ मा विवाह भएयता किशन्दासले उनलाई निरन्तर गाली गर्ने गरेको लक्ष्मीले बताएकी थिइन्।
उनको मृत्यु भएको रात किशन्दासले एउटा प्लास्टिकको बोतलमा खैरो रंगको तरल पदार्थ ल्याए र ‘यो त छाला गोरो बनाउने औषधि हो’ भने।
उनका बयानअनुसार, उनले उक्त तरल पदार्थ शरीरमा लगाइदिए र जब लक्ष्मीले यसले एसिडको गन्ध आएको गुनासो गरिन्, उनले धुपको दियाले उनलाई जलाइदिए। जब उनको शरीर जल्न थाल्यो, किशन्दासले बाँकी पदार्थ पनि खन्याएर भागे।
किशन्दासका बाबुआमा र दिदीले लक्ष्मीलाई अस्पताल पुर्याए, तर पछि उनको मृत्यु भयो।
मानवताविरुद्धको अपराध
‘यो पीडादायी र निर्दयी अपराध लक्ष्मीविरुद्ध मात्र नभई मानवता विरुद्धको अपराध हो,’ न्यायाधीश चौधरीले आदेशमा भनेका छन्।
उनले थपे, ‘किशन्दासले पत्नीको विश्वास तोडे र उनी जलिरहेका बेला बाँकी तरल पदार्थ पनि खन्याएर चरम निर्दयता देखाए।’
आदेशमा भनिएको छ- ‘यो मानवताको विवेकलाई झट्का दिने अपराध हो, जुन स्वस्थ र सभ्य समाजमा कल्पनासम्म गर्न सकिँदैन।’
सार्वजनिक अभियोजक दिनेश पालीवालले यो आदेशलाई ‘ऐतिहासिक’ भन्दै यसले समाजलाई पाठ दिने विश्वास व्यक्त गरे।
‘बीसको दशकमा रहेकी एक युवती निर्दयतापूर्वक मारिइन् । उनी कसैकी छोरी थिइन्, कसैकी दिदी थिइन्, उनलाई माया गर्नेहरू थिए। यदि हामी आफ्ना छोरीहरूलाई जोगाउन सक्दैनौँ भने को जोगाउने ?,’ उनले बीबीसीसँग भने।
पालेवालले मृत्युदण्डसम्बन्धी आदेशलाई उच्च अदालतमा प्रमाणीकरणका लागि पठाइसकेको बताए, तर सजाय पाएको अभियुक्तलाई अपिल गर्न ३० दिन समय रहेको स्पष्ट पारे।
किशन्दासका वकिल सुरेन्द्रकुमार मेनारियाले लक्ष्मीको मृत्यु ‘दुर्घटनावश भएको’ दाबी गर्दै आफ्ना क्लाइन्टमाथि लगाइएको आरोप झुटो भएको बताए।
भारतमा छालाको रंगप्रतिको अस्वस्थ धारणा
उदयपुरको यो अदालत आदेशले भारतमा छालाको रंगप्रतिको अस्वस्थ सामाजिक दृष्टिकोणलाई फेरि प्रकाशमा ल्याएको छ।
गोरो छाला भएका महिलाहरूलाई प्राथमिकता दिइन्छ, गहिरो छाला भएका महिलाहरूलाई अपमानजनक शब्दले सम्बोधन गरिन्छ, र छाला गोरो बनाउने उत्पादनहरू अर्बौं डलरको व्यापार बनिसकेका छन्।
विवाहसम्बन्धी विज्ञापनमा प्रायः छालाको रंगलाई जोड दिइन्छ र गोरो छाला भएकी दुलही बढी मागमा हुन्छन्।
बीबीसीले विगतमा यसै कारण श्रीमान्हरूले जिस्क्याउँदा महिलाहरू आत्महत्या गर्न बाध्य भएको घटनाबारे रिपोर्ट गरिसकेको छ।
हालैका वर्षहरूमा अभियन्ताहरूले ‘गोरो नै राम्रो’ भन्ने धारणा चुनौती दिइरहेका छन्। तर उनीहरूका अनुसार यो गहिरो पूर्वाग्रहलाई तोड्न सहज छैन।
जबसम्म यस्तो सोचाइमा परिवर्तन आउँदैन, त्यस्तो भेदभावपूर्ण दृष्टिकोणले मानिसहरूको जीवन बर्बाद गर्न जारी राख्नेछ।
–बीबीसीका लागि दिल्लीबाट गीता पाण्डेले लेखेको सामग्रीलाई भावानुवाद गरिएको हो ।