बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । नेपाली सांगीतिक क्षेत्रमा दैनिक रूपमा नयाँ–नयाँ गीत सार्वजनिक भइरहेका छन् तर सबैले अपेक्षित सफलता प्राप्त गर्न सकेका छैनन् ।
पछिल्लो समयमा सार्वजनिक भएको मौलिक गीत ‘सकुनी पासा’को भने चर्चा बढेको छ।
गायिका सीता परियार र गायक ईश्वर सिंहको स्वर रहेको गीतमा चर्चित लोकगायक प्रकाश सपुत र मोडल देवी गर्बुजा मगरले अभिनय गरेका छन् । गीतलाई सीता परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतका शब्द अर्जुन सुवेदीले लेखेका हुन् भने संगीत संयोजन र कम्पोज ईश्वर सिंहकै रहेको छ।
‘सकुनी पासा’ले समाजमा विद्यमान छल, कपट र नाटकलाई कलात्मक ढंगमा प्रस्तुत गरेको छ। परम्परागत र आधुनिक दुवै लय मिसिएको यस गीतलाई प्रकाश सपुत र देवी गर्बुजाको अभिनयले थप आकर्षक बनाएको छ।
निर्माण पक्षका अनुसार गीतमा जीवनका उतारचढाव र नियतिको खेललाई ‘पासा’को रूपकमार्फत अभिव्यक्त गरिएको छ।
गायिका सीता परियारले यसअघि पनि दर्जनौं लोक तथा आधुनिक गीत सार्वजनिक गरिसकेकी छन्। यस पटक उनले आफ्नै च्यानलमार्फत दर्शकसामु मौलिक प्रस्तुति ‘सकुनी पासा’ ल्याएकी हुन् ।