१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । सन् २०२५ को पहिलो छ महिनामा उत्तरी यमनमा अमेरिका र इजरायलबीच भएको हवाई आक्रमणमा परी ७७६ जनाको मृत्यु भएको हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टीभीले जनाएको छ ।

राजधानी साना, रेड सीको बन्दरगाह शहर होदेइदा, सादा र अम्रान प्रान्तमा सबैभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको यमनी सञ्चारमाध्यमले जनाएका छन् ।

गत अप्रिल २८ मा सादा प्रान्तको आप्रवासी हिरासत केन्द्रमा अमेरिकी हवाई आक्रमणमा ७० इथियोपियाली आप्रवासीको पनि मृत्यु भएको थियो ।

अल–मसिराह टिभीले मारिएका र घाइते भएकाहरूको विवरण उपलब्ध गराएको छैन र तथ्याङ्कहरू स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन ।

हवाई आक्रमणले विमानस्थल, बन्दरगाह, विद्युत् र इन्धन स्टेसनका साथै कारखानालाई समेत निशाना बनाएको बताइएको छ ।

गत मे महिनामा ओमानको मध्यस्थतामा हुथी विद्रोहीले लाल सागरमा अमेरिकी पानीजहाजलाई निशाना बनाउने काम बन्द गर्ने प्रतिबद्धता जनाएपछि संयुक्त राज्य अमेरिकाले हुथीविद्रोही माथिको आक्रमण रोकेको थियो ।​

यसैबीच, गाजामा इजरायल–हमास युद्धका बीच प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउन हुथी विद्रोहीले सन् २०२३ नोभेम्बरदेखि इजरायललाई लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोनले निशाना बनाइरहेका छन् ।