१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

चिबा, जापान। फिल्म निर्माणमा ब्यस्त रहेका गायक प्रकाश सपुत जापानबाट पुनः स्टेजमा फर्किएका छन्। महिलाहरुको महान पर्ब तीजका अबसरमा चितवन समाज कान्साइले आयोजना गरेको कार्यक्रम मार्फत उनि पुनः स्टेजमा फर्किएका हुन्।

चितवन समाज कान्साईले आयोजना गरेको कार्यक्रम पछि सपुत गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समन्वय परिषद चिवाले आयोजना गरेको कार्यक्रममा सहभागी भए। दर्शकले खचाखच भरिएको हलमा उनले आफ्ना दर्जनौ चर्चित गीतहरु प्रस्तुत गरे।

चिबामा आयोजित उक्त कार्य्रक्रममा अर्का चर्चित गायक सुर्य खड्का, चर्चित गायिका प्रिती आले, ज्योति लोहनी, स्थानिय कलाकार यामलाल कंडेल र अनित केसीले पनि आफ्ना प्रस्तुतिहरु राखेका थिए।

त्यसपछि सपुत एसएमवाईजीद्वारा टोकियोको तोयामा पार्कमा आयोजित अर्को कार्यक्रममा सहभागी भए। उक्त कार्यक्रममा सपुत र आले संगै अर्का चर्चित गायक खुमन अधिकारीले पनि आफ्नो प्रस्तुति पस्केका थिए।

आफ्नो प्रस्तुति सकेर स्टेज बाट ओर्लिन लागेका सपुतलाइ उनका फ्यानहरुले घेरेका थिए। फोटो खिच्न आएका सपुतका फ्यानहरुको भिडलाइ छिचोल्न आयोजकलाइ हम्मे हम्मे परेको थियो।

सपुतलाई गाडीमा चडाउन खोज्दा स्वयम् सेबक र उनका फ्यानबीच धकेला धकेल समेत भएको थियो। सपुतलाई ट्याक्सीमा चडाउन सम्भव नभएपछि ‘माइक्रो’ मा हालेर भीडबाट निकालिएको थियो।

जापानमा आयोजित कार्यक्रम सकेर सपुत चिबाको नारिता विमानस्थल हुँदै अर्को कार्यक्रमका लागि भारत गएका छन्। नारिता विमानस्थलमा सपुतलाई एनआरएनए जापान चिबा क्षेत्रीय समितिका पदाधिकारीहरुले बिदाइ गरेका थिए।

‘तपाइहरु संग बस्दा धेरै रमाइलो लाग्यो’ विमानस्थलमा गायक सपुतले भने ‘तपाईहरु संग छिट्टै भेट हुने अपेक्षा लिएको छु।’

सपुतले सामाजिक संजालमा हालेका ‘फुटेज’ हरुका अनुसार भारतमा उनले हजारौं दर्शकहरुकाबीच आफ्नो प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा सपुतलाई सुरक्षाकर्मीले घेरेर स्टेजमा पुर्र्याइएको भिडियो सामाजिक संजालमा देख्न सकिन्छ।

गायक तथा नायक प्रकाश सपुतद्वारा अभिनित चलचित्र हरिबहादुरको जुत्ता प्रदर्शनको चरणमा छ।