१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्लेसले आगामी महिना जापान भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा उनले जापानको सामुद्रिक आत्मरक्षा बलको मोगामी–क्लास फ्रिगेटमध्ये एउटा निरीक्षण गर्ने योजना बनाएका स्रोतहरूले जनाएका छन्।

गत अगस्ट ५ मा अष्ट्रेलियाली सरकारले आफ्नो नौसैनिक बलका लागि नयाँ ११ वटा फ्रिगेट निर्माणको आधारस्वरूप जापानी फ्रिगेटको उन्नत संस्करण अपनाउने घोषणा गरेको थियो । सन् २०२६ मा जापानसँग औपचारिक सम्झौता गर्ने लक्ष्यसहित क्यानबेराले मूल्यबारे छलफल गरिरहेको छ।

उन्नत मोगामी फ्रिगेट करिब ९० जनाको चालकदलले सञ्चालन गर्न सकिन्छ, जुन परम्परागत डेस्ट्रोयरको आधा मात्र हो । अर्को प्रमुख फाइदा भनेको यसमा अमेरिकी सेनाले प्रयोग गर्ने मिसाइल प्रणालीसँग मिल्ने प्रणाली जडान गर्न सकिने सुविधा हो।​

मार्लेसले कानागावा प्रिफेक्चरको योकोसुका आधारमा मोगामी–क्लास फ्रिगेट निरीक्षण गर्ने क्रममा जहाजको प्रदर्शन र विशेषताहरू नजिकबाट अध्ययन गर्ने अपेक्षा गरिएको छ। मार्लेस अष्ट्रेलियाको उपप्रधानमन्त्रीसमेत भएकाले यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।

यससँगै मार्लेसले टोकियोमा आयोजना हुने जापान र अष्ट्रेलियाका परराष्ट्र तथा रक्षा मन्त्रीहरूको ‘टु–प्लस–टु’ वार्तामा समेत सहभागी हुनेछन् । यो वार्ता हरेक वर्ष पालैपालो जापान र अष्ट्रेलियामा आयोजना हुने परम्परा छ।

यस वर्ष जापानले आयोजना गर्ने उक्त बैठकमा दुवै पक्षले इन्डो–प्यासिफिक क्षेत्रको स्थिरता सुनिश्चित गर्न द्विपक्षीय सुरक्षा सहयोगबारे छलफल गर्नेछन्। विशेषगरी ताइवान जलडमरूमध्य तथा पूर्वी चीन सागर र दक्षिण चीन सागरमा चीनको बढ्दो गतिविधि यस छलफलको पृष्ठभूमि हुनेछ।