बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । बङ्गलादेशले पाकिस्तानलाई सन् १९७१ को नरसंहारका लागि आधिकारिक माफी माग्न आग्रह गरेको छ ।
बङ्गलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनले आइतबार ढाकामा भएको द्विपक्षीय बैठकमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारसँग यो विषय उठाएका हुन् ।
‘सन् १९७१ मा पाकिस्तानले गरेको नरसंहारबारे औपचारिक र आधिकारिक माफी माग्नु, सम्पत्तिको विभाजन, सन् १९७० को चक्रवात पीडितका लागि विदेशी सहायता हस्तान्तरण, फसेका पाकिस्तानीहरूको स्वदेश फिर्ती जस्ता लामो समयदेखि बाँकी रहेका ऐतिहासिक विषयहरूलाई समाधान गर्नु बङ्गलादेश–पाकिस्तान सम्बन्धलाई स्थायी र अग्रगामी बनाउन आवश्यक ठोस आधार हो,’ बैठकपछि जारी विज्ञप्तिमा बङ्गलादेशको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार आफ्ना बङ्गलादेशी समकक्षीको निमन्त्रणामा अगस्ट २३ देखि २४ सम्म बङ्गलादेशको दुई दिने आधिकारिक भ्रमणमा थिए ।
भ्रमणका क्रममा उनले बङ्गलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग भेट गरेका थिए ।