१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। जापानको टोकियो स्थित सुमिदा वार्डमा रहेको एक सरकारी अस्पतालमा जन्मिएको बच्चा हुर्कदै जान्छ। बच्चा हुर्कंदै जाँदा मानिसहरुले उसको अनुहार बुबा आमा संग कत्तिपनि मेल नखाएको बताउछन।

समाजका मानिसहरुको कुराले हुर्किरहेको त्यो बच्चाको मनमा अनेकन कुराहरु खेलिरहन्छन। समय बित्दै जान्छ तर समाजका मान्छेहरुले त्यहि बुबा आमासंग अनुहार नमिलेको भनिरहे।

जन्मेको ४६ वर्ष पछि ति व्यक्तिले बुबा आमा सहित आफ्नो पनि डिएनए परिक्षण गर्ने निर्णय गरे तर डिएनए रिपोर्ट एक अर्का संग मिलेन।

आफुलाई छोरो भनेर हुर्काएकि आमालाई यसबारे सोधपुछ गर्दा हस्पिटलमा बच्चा साटिएको हुन सक्ने बताइन। उनि सन् १९५८ सालमा टोकियो महानगरद्वारा संचालित सुमिदा प्रसूति अस्पतालमा जन्मिएका थिए।

सन् २००६ मा टोकियो जिल्ला अदालतले बच्चा साटिएको पुष्टि गर्दै महानगरलाइ क्षेतिपूर्ति तिर्न आदेश दियो।

आफुलाई जन्मदिने बुबा आमाको खोजीमा निस्केका उनले टोकियो महानगरमा गुनासो गरे तर महानगरले उनको गुनासो सुनेन। महानगरले व्यक्तिगत विवरण दिन नमिल्ने बताएपछि उनि पुनः सन् २०२१ मा महानगर बिरुद्द अदालत पुगे।

सातोशी एजो नाम गरेका ति व्यक्तिले दायर गरेको मुद्दामा टोकियो जिल्ला अदालतले उनका बुबा आमाको खोजी गर्न टोकियो महानगरलाइ आदेश दियो।

उनि जन्मिएको सुमिदा प्रसुति अस्पताल अहिले बन्द भैसकेको छ। तैपनि टोकियो महानगरले डाटाहरु कलेक्सन गरेर ति व्यक्तिका रियल बुबा आमाको खोजि गरिरहेको छ।

उनलाई बच्चै देखि हुर्काएकि आम अहिले ९२ वर्ष पुगेकी छिन भने बुबाको १० बर्ष अघिनै निधन भैसकेको छ।

आफुले हुर्काएको व्यक्ति आफ्नो छोरो नभएको थाह पाएकि ९२ बर्षीय बृद्दाले आफ्नो रियल छोरो संग भेट्ने चाहना रहेको बताएकी छिन।

टोकियो महानगरले सातोशी इजो संगै सोही हस्पिटलमा २३० जना जन्मिएको र ति मध्ये ११३ जना पुरुष रहेको तथ्य सार्बजनिक गरेको छ।

एनएचकेको अनलाइन संस्करण बाट।