१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको अर्थतन्त्रले सन् २०२५ को दोस्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जुन महिनासम्मको अवधिमा वार्षिक १ प्रतिशतले आर्थिक विस्तार गरेको छ ।

जापानको क्याबिनेट कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार यो लगातार पाँचौं पटक त्रैमासिक रूपमा आर्थिक वृद्धि देखिएको हो ।

जनवरी–मार्च अवधिको प्रारम्भिक तथ्याङ्कमा ०.२ प्रतिशतको गिरावट देखाइएको थियो, तर त्यसलाई संशोधन गरी ०.६ प्रतिशतको वृद्धि गरिएको छ ।

महँगी समायोजनपछि, अप्रिल–जुन त्रैमासिकमा जापानको वास्तविक सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा ०.३ प्रतिशतले बढेको कार्यालयको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।

यो जीडीपी वृद्धिको मुख्य कारण निर्यातमा देखिएको दृढता हो । निर्यात अघिल्लो त्रैमासिकको तुलनामा २.० प्रतिशतले बढ्दा आयात ०.६ प्रतिशतले वृद्धि भएको थियो ।

निर्यात र आयातबीचको अन्तरले त्रैमासिक वृद्धिमा ०.३ प्रतिशत विन्दुको योगदान दिएको छ, जुन सबैभन्दा ठूलो योगदान हो । त्यसपछि निजी लगानी दोस्रो ठूलो योगदानकर्ता रहेको छ ।

घरेलु मागको प्रमुख सूचक मानिने पुँजी लगानी (क्यापिटल इन्भेस्टमेन्ट) पहिलो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढेको छ, जुन पाँचौं पटक लगातार वृद्धिमा रहेको देखिन्छ ।

अन्य प्रमुख घटकहरूमध्ये, कुल आर्थिक उत्पादनको आधाभन्दा बढी हिस्सा ओगट्ने निजी खपत (प्राइभेट कन्जम्प्सन) ०.२ प्रतिशतले मात्र वृद्धि भएको छ ।