बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा विद्रोही आक्रमणमा ९ जना सैनिकको मृत्यु भएको छ ।
घटना वाशुक जिल्लाको बसीमा क्षेत्रमा भएको हो, जहाँ दर्जनौं सशस्त्र विद्रोहीहरूले प्रहरी चौकी र सीमा सुरक्षा बलको भवनमा आक्रमण गरेका थिए ।
आक्रमणकारीहरू मोटरसाइकलमा सवार भई आएका थिए र उनीहरूले हातहत्थियार तथा बमको प्रयोग गरेर भवनहरूमा तोडफोड गरेका थिए ।
एक स्थानीय अधिकारीका अनुसार, सैनिकहरू जब आक्रमणस्थलतर्फ जाँदै थिए, त्यहीबेला विद्रोहीहरूले उनीहरूलाई लक्षित गरी आक्रमण गरेका थिए, जसमा ९ जना सैनिकको मृत्यु भयो । यस घटनामा थप ६ जना सैनिक घाइते भएका छन् ।
हालसम्म कसैले आक्रमणको जिम्मा लिएको छैन, तर बलोचिस्तानमा बलोच मुक्ति सेना सबैभन्दा सक्रिय सशस्त्र समूह हो, जसले पछिल्लो समय धेरै आक्रमणहरू गरेको छ ।
यही दिन, अमेरिकाले बलोच मुक्ति सेनालाई विदेशी आतङ्ककारी समूहको सूचीमा राखेको घोषणा गरेको छ ।
यसअघि उक्त समूहलाई कम कठोर सूचीमा राखिएको थियो, तर पछिल्लो आक्रमणहरूका कारण प्रतिबन्ध कडा बनाइएको हो ।
मानव अधिकारकर्मी र बलोच पृथकतावादीहरूको भनाइमा, पाकिस्तानी सुरक्षाकर्मीहरूले विद्रोह नियन्त्रण गर्ने क्रममा जबरजस्ती बेपत्ता पार्ने र गैरन्यायिक हत्या गर्ने कार्यहरू गर्दै आएका छन्, जसले स्थिति अझ जटिल बनाएको छ ।