बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । जापानमा गत वर्षको तुलनामा घरेलु खर्च १.३ प्रतिशतले वृद्धि भएको छ । जुन लगातार दोस्रो महिना वृद्धि भएको हो । गाडी किन्न र विद्युत् महसुलमा गरिएको खर्चले यो वृद्धि सम्भव भएको जापानी सरकारले जनाएको छ ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, दुई वा दुईभन्दा बढी सदस्य भएका परिवारले औसत दुई लाख ९५ हजार ४१९ येन (करीब दुई हजार अमेरिकी डलर) खर्च गरेका थिए ।
विभागका अनुसार, यातायात र सञ्चार क्षेत्रमा खर्च ८.६ प्रतिशतले बढेको छ भने ऊर्जा र पानीमा गरिएको खर्च ६.३ प्रतिशतले वृद्धि भएको छ । यो गर्मीको मौसममा एयर कन्डिसनरको बढी प्रयोगका कारण भएको बताइएको छ ।
तर, खाद्यान्नमा खर्च भने २.१ प्रतिशतले घटेको छ, जुन पछिल्ला तीन महिनामा पहिलो गिरावट हो।
विशेष गरी चामलको खर्चमा १२.१ प्रतिशतको गिरावट आएको छ, जसको कारण सरकारले यसअघि आफ्ना भण्डारबाट चामल रिलिज गरेपछि उपभोक्ताहरूले सस्तो वा कम चामल किनेको मानिएको छ ।
घरेलु खर्च जापानको कुल गार्हस्थ उत्पादन (जीडीपी)को आधाभन्दा बढी हिस्सा ओगट्ने भएकाले, यसलाई देशको निजी उपभोगको प्रमुख सूचकको रूपमा लिइन्छ ।