बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापनको शिगा प्रान्तीय प्रहरी प्रमुख हिसआकी इकेउचिले बिहीबार एक पूर्व सहायक नर्स मिका निशियामासँग माफी मागेका छन् । निशियामा एक बिरामीको हत्या आरोपमा कैद भुक्तान गरिसकेपछि पुनः मुद्दामा निर्दोष प्रमाणित भएकी निशियामासँग उनले माफी मागेका हुन् ।
स्थानीय अदालतले शिगा प्रान्तीय प्रहरीको अनुसन्धानलाई गैरकानूनी ठहर गरेपछि प्रहरी प्रमुख इकेउचिले निशियामा र उनका आमाबुवासँग शिगा प्रान्तीय कार्यालयमा झुकेर क्षमा मागेका हुन् ।
‘पक्राउ परेदेखि हालसम्मको २१ वर्षभन्दा बढीको अवर्णनीय पीडा र तनावका लागि हामी गहिरो रूपमा माफी चाहन्छौं,’ इकेउचिले भने ।
निशियामालाई जुलाई २००४ मा शिगाको एक अस्पतालमा २००३ मा एक पुरुष बिरामीको हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा निशियामाबाट स्वीकारोक्ति लिएको थियो, तर उनले अदालतमा निर्दोष भएको जिकिर गर्दै आएकी थिइन् । उनलाई १२ वर्ष कैद सजाय सुनाइएको थियो।
उनले सजाय पूरा गरेपछि उच्च अदालतले पुनः मुद्दाको आदेश दिएको थियो। अदालतले निशियामाको बयानप्रति शंका जनाउँदै पुनः मुद्दालाई स्वीकृति दिएको थियो। अप्रिल २०२० मा उनी निर्दोष ठहरिएकी थिइन्।
यस वर्ष जुलाईमा ओत्सु जिल्ला अदालतले प्रहरी अनुसन्धान गैरकानुनी भएको ठहर गर्दै शिगा प्रान्तीय सरकारलाई निशियामालाई करीब ३१ मिलियन येन (झण्डै २.८ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ। उक्त आदेश अन्तिम भएको जापान टाइम्सले जनाएको छ ।
तर अदालतले केन्द्रीय सरकारविरुद्ध निशियामाले मागेको क्षतिपूर्ति भने अस्वीकार गरेको छ। अभियोजन पक्षको मुद्दा दायर गर्ने निर्णयलाई ‘केही हदसम्म उचित’ ठहर गर्दै अदालतले निशियामाको त्यो माग खारेज गरेको हो । निशियामाले उक्त निर्णयविरुद्ध पुनरावेदन गरेकी छिन् ।