बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक दुर्घटनामा एउटै परिवारका ७ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जना बालबालिका रहेका छन् ।
चन्द्रगञ्ज हाइवे प्रहरी चौकीका प्रमुख मोबारक हुसैनका अनुसार, पीडितहरू हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आफन्तलाई लिएर माइक्रोबसमा घर फर्किरहेका थिए ।
फर्किने क्रममा बेगमगञ्ज उप–जिल्लामा सवारी साधन अनियन्त्रित भई सडक छेउको नहरमा खस्दा दुर्घटना भएको हो ।
‘हामी अनुमान गर्छौं कि चालक सुतिरहेको हुन सक्छ, जसका कारण सवारी नियन्त्रण गुमाएर नहरमा खस्यो,’ उनले भने ।
स्थानीय समयअनुसार बिहान करिब ६ बजे भएको सो दुर्घटनामा सवार सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
बङ्गलादेशमा सडक दुर्घटनाको दर निकै उच्च छ ।
कमजोर सडक संरचना, मर्मतविहीन सवारी साधन, अयोग्य चालकद्वारा ट्राफिक नियमको उल्लंघन र ट्राफिक विभागको कमजोर निगरानीका कारण यस्तो समस्या झन गम्भीर बन्दै गएको विज्ञहरू बताउँछन् ।