२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाको सुरक्षाका लागि युट्युबमाथि प्रतिबन्ध लगाउने भएको छ।

प्रधानमन्त्री एन्टोनी अल्बानेज र सञ्चारमन्त्री अनिका वेल्सले बुधबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा प्रतिबन्ध आगामी डिसेम्बर १० देखि लागू हुने जानकारी दिए ।

यसअघि शैक्षिक र स्वास्थ्य सामग्रीका कारण युट्युबलाई छुट दिइएको थियो। तर, ई सेफ्टी कमिसनर जुली इनम्यान ग्रान्टले युट्युबमार्फत बालबालिकामा हानिकारक सामग्रीको पहुँच हुने जोखिम औंल्याउँदै प्रतिबन्धको सिफारिस गरेका थिए ।

प्रधानमन्त्री अल्बानेजले यस्ता प्लेटफर्महरूलाई नियन्त्रण गर्न जरुरी भएको बताउँदै बालबालिकाको सुरक्षाका लागि यो पहिलो तर महत्त्वपूर्ण कदम भएको उल्लेख गरे ।

सञ्चारमन्त्री वेल्सले पनि अभिभावकको हितलाई ध्यानमा राखेर निर्णय गरिएको बताउँदै कानूनी दबाबलाई सरकारले ध्यान नदिने स्पष्ट पारे ।​

युट्युबका प्रतिनिधिले भने यो निर्णयप्रति चिन्ता व्यक्त गरेका छन् र आगामी कदमबारे गुगलमार्फत छलफल भइरहेको जनाएका छन् । सरकारले उमेर प्रमाणीकरण प्रविधिको परीक्षणपछि प्रतिबन्ध कार्यान्वयनको प्रक्रिया थप स्पष्ट गर्ने जनाएको छ।