बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बेपत्ता भएको बसमा सवार १० जनाको मृत्यु पुष्टि भएको छ ।
सरकारी सञ्चार माध्यमका अनुसार, घटनाको खोजी तथा उद्धार कार्य जारी रहँदा अझै ४ जना हराइरहेका छन् ।
उक्त बस डाटोङ शहरमा मुसलधारे वर्षाको बीच हराएको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार, एक जनाको शव पहिले नै घटनास्थलभन्दा तलतिरको क्षेत्रमा फेला परेको थियो भने अन्य शवहरू पछिल्ला खोजीहरूमा भेटिएका हुन् ।
यो साता उत्तरी चीनमा परेको भीषण वर्षा र बाढीका कारण हालसम्म ४८ जनाको ज्यान गएको छ भने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
बाढीका कारण सडकहरू अवरुद्ध भएका छन्, गाउँहरू अन्धकारमा डुबेका छन् र सयौं घरमा पानी पसेको छ ।
राजधानी बेइजिङमा मात्रै ३० जनाको मृत्यु भइसकेको छ, जसमध्ये सबैभन्दा बढी क्षति उत्तरपूर्वी उपनगर मियुनमा देखिएको छ ।
यस्तै, राजधानीलाई घेरेको हेबेइ प्रान्तमा पहिरोले ८ जनाको ज्यान लिएको छ र अझै ४ जना बेपत्ता छन् ।