१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रुसको अध्यक्षमा सीताराम कट्टेल निर्वाचित भएका छन् । मस्कोमा सम्पन्न १२औं साधारणसभाबाट उनी निर्वाचित भएका हुन् ।

खोटाङका ३३ वर्षीय कट्टेल प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा गरेपछि सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा रुसको राजधानी मस्को पुगेका थिए ।

विद्यार्थीकालमा उनले नेपाली विद्यार्थी संघको अध्यक्ष भएर काम गरिसकेका छन् । उनी दुई कार्यकाल रुसमा एनआरएनए युवा संयोजक (२०१९–२०२३) भए भने निवर्तमान कार्यसमितिमा महासचिव (२०२३–२०२५) भएका थिए ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमित कुमार कर्ण र डा. प्रनिल प्रधान, महासचिवमा प्रवीण खतिवडा चयन भएका छन् ।

यस्तै, युवा संयोजकमा गिभ्सन ढकाल, सचिवमा खगेन्द्र धामी र दयानिधि गुरागाईं, कोषाध्यक्षमा रामबाबु पाण्डे र सह–कोषाध्यक्षमा यमबहादुर थापा निर्वाचित भएका छन् ।

महिला संयोजकमा हेमाकुमारी ‘कला’ पोखरेल निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

कार्यसमिति सदस्यमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, विनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल निर्वाचित भएका छन् ।

यस पटक रुसबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा डा. मनामूर्ति भुर्तेल निर्वाचित भएका छन् ।