१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

सिद्दार्थ श्रेष्ठको अपराजित यात्रामा ‘ब्रेक’

टोकियो। सन् २०१७ सालमा मानार्थ सदस्य बाट गैर आवासीय नेपाले संघ (एनआरएनए) जापानको कार्य समितिमा डेब्यु गरेका सिद्दार्थ श्रेष्ठ अपराजित यात्रामा ‘ब्रेक’ लागेको छ।

आइतवार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्दी सुबास लामिछाने संग १ हजार ९५९ मतले पराजित भएपछि श्रेष्ठको अपराजित यात्रामा ब्रेक लागेको हो।

सन् २०१९-२०२१ कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका श्रेष्ठ २०२१-२०२३ कार्यकालका लागि महा-सचिब पदमा निर्वाचित भएका थिए।

आफ्ना प्रतिद्वन्दी टिकाराम खरेललाइ पराजित गर्दै महा-सचिब पदमा निर्वाचित भएका श्रेष्ठ २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएका थिए।

एनआरएनए जापानको इतिहाँसमा महा-सचिब भएको व्यक्ति माथिल्लो तहमा निर्वाचित हुने श्रेष्ठनै पहिलो व्यक्ति थिए। श्रेष्ठका लागि अध्यक्षमा निर्वाचित भएर अर्को इतिहास लेखाउने अवसर थियो। तर आइतवारको निर्वाचनमा पराजित भएसंगै उनको हातबाट त्यो अवसर गुमेको छ।

लामिछानेको ‘हाइ स्पिड’

आइतवार अध्यक्षमा निर्वाचित भएका सुबास लामिछाने एनआरएनए जापानको संस्थागत इतिहाँस त्यति लामो छैन।

सन् २०२१ मा भएको निर्वाचन बाट आएको कार्यसमितिले लामिछानेलाइ २०२१-२०२३ कार्यकालका लागि प्रवक्ताको जिम्मेवारी सुम्पिएको थियो।

त्यसपछि लामिछाने सन् २०२३ मा भएको निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। प्रबक्ता पछि उपाध्यक्षमा निर्वाचित भएका लामिछाने अध्यक्षमा ‘छलाङ’ मार्छन भन्ने सायद कसैले सोचेका थिए।

निबर्तमान अध्यक्ष नबिन निउरेको ‘दाहिने हात’ भएर काम गरेका लामिछानेले उपाध्यक्ष हुँदा आफ्नो सक्रियतामा ‘गियर अप’ गरे। फलस्वरूप कार्यसमितिमा छिरेको ४ बर्षमै ‘फास्ट ट्रयाक’ बाट अध्यक्षमा निर्वाचित हुन सफल भए।

पूर्व महा-सचिबको उत्कृष्ठ कम ब्याक

सन् २०१३-२०१५ का लागि महा-सचिब पदमा निर्वाचित भएका व्यक्ति हुन् मुक्तिराम खनाल (बिनोद) । त्यसयता खासै सक्रिय नदेखिएका खनाल सन् २०२३ मा भएको निर्वाचनमा उपाध्यक्षमै पराजित हुन पुगे।

पराजित भएपनि उनि हरेक गतिविधिमा सक्रिय रहे। यति सम्मकि नबिन निउरेको कार्यसमितिले संशोधन गरेको बिधानप्रति खरो टिप्पणी गरिनै रहे।

संशोधित बिधान बिधिसम्बत पास नभएको भन्दै सामाजिक संजालमा आलोचना गरिनै राखे। उनी खनाल अहिले सर्बाधिक धेरै मत सहित उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।

महा-सचिब भएको व्यक्ति उपाध्यक्षमा निर्वाचित भएको सिद्दार्थ श्रेष्ठ पछि खनाल थपिएका छन्। अघिल्लो पटक सोही पदमा पराजित भएका खनाल अहिले सर्बाधिक मत (८ हजार ७०२) सहित निर्वाचित हुँदै उत्कृष्ठ ‘कम ब्याक’ गरेका हुन्।

श्याम सितलको ‘सेकेन्ड शट’

अघिल्लो पटक पनि महा-सचिब पदमा उम्मेदवारी दिएर हाल बरिष्ठ उपाध्यक्षमा निर्वाचित टिकाराम खरेल संग पराजित भएका थिए श्याम कुमार श्रेष्ठ (श्याम शितल) । महा-सचिब पदका लागि त्यो उनको पहिलो ‘शट’ थियो, जुन निशाना लागेन।

त्यसपश्चात विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका श्रेष्ठ महा-सचिब पदका लागि पुनः उम्मेदवारी दिने सोंच बनाए। उही पदका लागि ‘सेकेन्ड शट’ प्रहार गरेका उनको अहिले भने निशाना लाग्यो र आफ्ना प्रतिद्वन्दी खगराज गौतमलाइ पराजित गर्दै महा-सचिब पदमा निर्वाचित भए।

खगराज गौतमको ‘मिस फायर’

बिश्वाश गौतम (खगराज) संग लामो समयको पत्रकारिता गरेका अनुभवी व्यक्ति हुन्। लामो समय छापा माध्यममा काम गरेकाले उनको लेख्ने शैली राम्रो छ। संचार क्षेत्रमा लामो समय काम गरेको अनुभव र राम्रो विश्लेषण गर्न सक्ने व्यक्ति हुन्।

पत्रकारिताको लामो अनुभव भएकाले निबर्तमान अध्यक्ष नविन निउरेले गौतमलाई अघिल्लो कार्यकालमा प्रबक्ताका रुपमा नियुक्त गरे। प्रबक्ताका रुपमा उनले आफ्नो भूमिका राम्रो संग खेलेकाले पनि होला महा-सचिबमा उम्मेदवारी दिने घोषणा गरे।

निबर्तमान अध्यक्ष नविन निउरेको बलियो साथ, मजबुद टिम र बाहिरी सिनारियो पनि आफु अनुकुल देखेर महा-सचिबमा उम्मेदवारी दिएका गौतमको पहिलो फाएरनै ‘मिस’ हुन पुगेको छ।

कार्कीको सर्बाधिक मतान्तरको रेकर्ड

कान्तोउ क्षेत्रको संयोजक रहेर काम गरेका सागर कार्की क्षेत्रीय सचिब पदका उम्मेदवार थिए। पहिला महा-सचिबमा ‘आँखा’ लगाएका उनी बिश्वाश गौतम (खगराज)ले सोही पदमा उम्मेदवारी दिने निर्णय गरेपछि क्षेत्रीय सचिबमा झरेका थिए।

सबैको सहमतिमा क्षेत्रीय सचिबमा आउन तयार भएका उनी सर्बाधिक मतान्तरको रेकर्ड गराउदै उक्त पदमा निर्वाचित भएका छन्। ८ हजार ५१५ मत प्राप्त गरेका कार्कीका प्रतिद्वन्दी ज्ञानेन्द्र भट्टले जम्मा ३ हजार ८३० मत प्राप्त गरे।

उनीहरुबीचको मतान्तर ४ हजार ६८५ छ। जुन यो निर्वाचनको सबै भन्दा धेरै मतान्तरको रेकर्ड हो।