बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाईल्यान्ड र कम्बोडियाका नेताहरूसँग टेलिफोन वार्ता गर्दै तत्काल युद्धविराम गर्न आग्रह गरेपछि दुवै मुलुकले धन्यवाद दिएका छन् । यद्यपि, सीमा क्षेत्रमा गोलाबारी भने यथावत् रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ट्रम्पले शनिबार आफ्नो स्कटल्याण्ड भ्रमणको शुरूवातमा सामाजिक सञ्जालमा लेख्दै, ‘दुवै देशले तुरुन्त भेटवार्ता गरेर युद्धविरामको दिशामा अगाडि बढ्ने सहमति जनाएका छन्’, बताएका थिए । उनले यस कदमलाई ‘शान्तिको प्रारम्भ’ भन्दै उल्लेख गरेका थिए।
कम्बोडियाले ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार गरिसकेको छ, भने थाईल्यान्डले द्विपक्षीय संवादको आवश्यकता रहेको जोड दिएको छ।
तर ट्रम्पको आग्रहपछि पनि सीमा क्षेत्रमा रातभर गोला वर्षा जारी रहेको बीबीसीले लेखेको छ ।
थाईल्यान्ड र कम्बोडियाका प्रधानमन्त्रीहरूबाट ट्रम्पको पहलप्रति सकारात्मक प्रतिक्रिया आए पनि दुबै पक्षको आधिकारिक नीति र दृष्टिकोणमा खास परिवर्तन भने देखिएको छैन।
सूत्रहरूका अनुसार, कम्बोडियाले पहिले नै युद्धविरामको प्रस्ताव गरिसकेको थियो। यद्यपि, त्यसको सैन्य शक्ति तुलनात्मक रूपमा कमजोर रहेकाले थाईल्यान्डको तोप आक्रमण र हवाई आक्रमणबाट भौगोलिक क्षेत्र र सैन्य उपकरण गुमाइरहेको बताइएको छ।
क्षेत्रीय सुरक्षामा तनाव कायमै रहेको र स्थायी समाधानका लागि प्रभावकारी कूटनीतिक संवाद आवश्यक रहेको विज्ञहरू बताउँछन्।