बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । नाइजेरियामा सुरक्षाकर्मीको कारबाहीमा सशस्त्र आपराधिक गिरोहका कम्तीमा ९५ जना सदस्यको मृत्यु भएको छ ।
नाइजेरियाली सेनाले यस हप्ताको शुरूदेखि गरेको स्थल तथा हवाई आक्रमणमा आपराधिक गिरोहतर्फ ठूलो हताहत भएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।
गरिबी र सरकारी उपेक्षाका बीच नाइजेरियाको ग्रामीण इलाकामा सशस्त्र आपराधिक गिरोहको पकड रहेको छ । तिनीहरूले फिरौतीको लागि गाउँहरूमा छापा मार्छन्, लुट्छन् र घरहरूमा आगो लगाउँछन् ।
उनीहरूले गाउलेबाट अनधिकृतरूपमा कर उठाउने र विरोध गर्ने गाउलेको हत्या गर्ने वा अपहरण गर्ने घटनाहरू सामान्यजस्तै वर्षभरि भइरहन्छन् ।
मङ्गलबार नाइजेरियाली वायु तथा स्थल सेनाले उत्तरपश्चिमी राज्य नाइजरमा ‘डाकुले गरेको आक्रमणलाई विफल पार्नुका साथै हवाई तथा स्थल आक्रमण’ गरेको एक निजी द्वन्द्व अनुगमनकर्ता संस्थाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
रिजाउ स्थानीय सरकारी क्षेत्रको वारारी र रागाडा गाउँनजिकै भएको झडपमा कम्तीमा ९५ डाकुको मृत्यु भएको जनाइएको छ ।
नाइजेरियाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेनाले दर्जनौं आतङ्ककारीलाई झडपमा परास्त गरेको छ भने उनीहरूको तर्फबाट भएका थुप्रै आक्रमणलाई निष्प्रभावी बनाएको छ ।’
झडपमा एक सैनिकको पनि मृत्यु भएको बताइएको छ ।