१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । तनावपूर्ण वार्तापछि अमेरिका र जापानबीच ऐतिहासिक व्यापार सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतासम्बन्धी घोषणा गर्दै यसलाई ‘इतिहासकै सबैभन्दा ठूलो सम्झौता’ भनेका छन् ।

सम्झौताअनुसार जापानले अमेरिकाबाट चामल, गाडी र कृषि उत्पादन आयात गर्न बजार खुला गर्नेछ भने जापानले अमेरिका भित्र्याउने गाडी र पार्टपुर्जामा १५ प्रतिशत पारस्परिक भन्सार शुल्क तिर्नेछ। ट्रम्पले जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने र यसले लाखौं रोजगारी सिर्जना गर्ने दाबी गरे।

जापानी मन्त्री अकाजावाले गाडीमा शुल्कबिना सीमाहीन पहुँच पाएको बताउँदै यसलाई ‘मिसन कम्प्लिटेड’ भने । प्रधानमन्त्री इशिबाले यसलाई ‘अमेरिकासँगको सबैभन्दा न्यून शुल्क सम्झौता’ भन्दै प्रशंसा गरे।

सम्झौताको प्रमुख विषय गाडी र चामल रहेको छ अब जापानले स्टिल र आल्मुनियम जस्ता अन्य शुल्कहरूमा पनि छलफल गर्नेछ।

सम्झौताअनुसार अमेरिकी आयातकर्ताहरूले जापानबाट निर्यात हुने वस्तुहरूमा १५ प्रतिशत ‘पारस्परिक’ भन्सार शुल्क तिर्नेछन् । यो १५ प्रतिशत शुल्क मोटर गाडी र गाडीका पार्टपुर्जाहरूमा पनि लागू हुनेछ । यसले जापानलाई अन्य प्रमुख गाडी निर्यातक देशहरूको तुलनामा फाइदा दिनेछ । किनभने, अन्य देशहरूले अप्रिलदेखि मोटर गाडी निर्यातमा २५ प्रतिशत शुल्कको सामना गरिरहेका छन् ।

जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने ट्रम्पले बताए । ‘अमेरिकाले यो लगानीबाट ९० प्रतिशत नाफा प्राप्त गर्नेछ,’ उनले थपे, ‘यो सम्झौताले लाखौं रोजगारी सिर्जना गर्नेछ । जापानले आफ्नो बजारलाई गाडी, चामल र केही अन्य कृषि उत्पादनलगायत लागि खुला गर्नेछ । जापानले अमेरिकालाई १५ प्रतिशत पारस्परिक भन्सार शुल्क तिर्नेछ ।’