बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानको ओसाकामा विश्वमै प्रतिष्ठित मानिने ओसाका कान्साई एक्स्पो (विश्वप्रदर्शनी)सुरु भएको ३ महिनापछि नेपालले मण्डप तयार गरेको छ । निर्माण कम्पनीलाई निर्माण लागत तिर्न नसक्दा एक्स्पो सुरु भएको तीन महिना पछि मात्र नेपाल मण्डप सञ्चालनमा आएको हो ।
गत अप्रिल १३ तारिखबाट सुरु भएको एक्स्पो अक्टोबर १३ तारिखसम्म चल्ने छ । एक्स्पोमा नेपाल मण्डप निर्माणका लागि नेपाल सरकारले उद्योग वाणिज्य तथा आफूर्ति मन्त्रालय अन्र्तगत व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र मार्फत् टेन्डर आवह्न गरेको थियो ।
टेन्डर बिद म्यानेजमेन्ट प्राइभेट लिमिटेड, ललित मनडिस्प आर्ट एण्ड आर्किटिच प्राइभेट लिमिटेडले कम्पनीले हाता पारेको थियो । टेन्डर हात पार्ने कम्पनीले जापानको सानक्यो कन्स्ट्रक्शन कम्पनीलाई ‘नेपाल पोभेलियन’ निर्माणको जिम्मा दिएको थियो । सानक्यो कन्स्ट्रक्शन कम्पनीलाई लागत रकम तिर्न ढिला भएको कारण नेपालले तीन महिनापछि मात्र नेपाल मण्डप सञ्चालनमा ल्याउन सकेको हो ।
जुलाई २८ मा ‘नेपाल डे’ मनाइने
जापान सरकारसँगको सहकार्यमा एक्स्पोमा जुलाई २८ तारिख ‘नेपाल डे’ मनाउने निर्णय भएको जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जानकारी दिए । राजदूत सुवेदीले ‘नेपाल डे’ को दिन सबै नेपालीलाई ओसाका एक्स्पोमा सहभागिता जनाउन आग्रहसमेत गरेका छन् ।
समयमा नै रकम भुक्तानी गर्न नसक्दा त्यसको नकारात्मक चर्चा जापानमा सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म भएको थियोे । सोही विषयलाई प्रष्ट पार्दै राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने, ‘लगभग पाँच वर्ष अघि नेपाल सरकारले एक्स्पोमा नेपाल मण्डपको जिम्मा नीजि कम्पनीलाई दिएको थियो ।
एक्स्पो सुरु भएको दुई सातासम्म नेपालसहित भारत लगायत अन्य देशको पनि मण्डप तयार तयार पार्न सकेका थिएन । अन्य देशको केही प्राविधिक समस्या थियो भने नेपालको आर्थिक समस्या थियो । जसकारण नेपालमा मण्डप सञ्चालनमा ढिलाइ भएको हो ।’
फ्रान्समा मुख्य कार्यालय रहेको ब्युरो अफ इन्टरनेसनल एक्सपोजिसनले सञ्चालन गरेको एक विश्व प्रदर्शनी हो । नेपालसहित विश्वका १८४ देश यसको सदस्य रहेका छन् । हरेक पाँच वर्षमा प्रदर्शन गर्ने देश र स्थलको छनोट गरिन्छ ।
एक्स्पोमा संसारभरका करोडौँ दर्शकले अवलोकन गर्छन् । ‘एक्स्पो हरेक देशले आफ्नो देशको उत्पादन र टेक्नोलोजी सम्बन्धि गरेको आविष्कार प्रदर्शन र बजारीकरण गर्ने थलो हो ।
विश्व बजारको मागलाई ध्यान दिने
एक्स्पोलाई नेपाली उत्पादनको प्रदर्शनी, व्यापार साथै लगानी भित्र्याउने थलोको रुपमा हेरिएको छ । एक्स्पोमा ह्यान्डीक्राफट आइटम र हिमाली भेगमा पाइने रैथाने बालि, नेपाली चिया तथा कफीको प्रदर्शनी र अर्डर लिने काम गरिने व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहालले बताए ।
एक्स्पोमा १५८ राष्ट्रको सहभागिता रहेको छ । जसकारण एक्स्पोलाई नेपाली उत्पादन बजारीकरण गर्ने महत्वपूर्ण थलोको रुपमा हेरिएको दाहाल बताउँछन् ।