१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। गैरआवासीय नेपाली संघ जापानको आसन्न अधिबेशनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुको नामावली सार्बजनिक भएको छ। निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली सार्बजनिक गरेको हो।

सार्बजनिक भएको नामावली अनुसार अध्यक्ष पदका लागि उपाध्यक्षद्वय सिद्दार्थ श्रेष्ठ र सुभास लामिछानेले उम्मेदवारी दर्ता गरेका छन्।

त्यसगरी बरिष्ठ उपाध्यक्ष पदका लागि बर्तमान कार्यसमितिका उपाध्यक्ष कृष्ण गैरे शर्मा र महासचिब टिकाराम खरेलले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।

त्यसैगरी खुल्ला उपाध्यक्ष पदका ६ जनाको उम्मेदवारी परेको छ। पूर्व महासचिब मुक्तिराम खनाल (बिनोद), बर्तमान कार्यसमितिका कोषाध्यक्ष दिपक सुनार सहित दिलिप कंडेल, नारायण सुबेदी, दिपेश खत्री र रुद्र मल्ल(मनोज) ले खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

त्यसैगरी क्षेत्रीय उपाध्यक्षमा बिष्णुप्रसाद सुबेदी र हरिप्रसाद कंडेलको उम्मेदवारी परेको निर्वाचन समितिले सार्बजनिक गरेको नामावलीमा उल्लेख गरिएको छ।

उम्मेदवारी दिएकाहरू मध्ये निर्वाचन प्रक्रिया बाट खुल्ला उपाध्यक्षमा तीन जना र क्षेत्रीय उपाध्यक्षमा एक जना निर्वाचित हुनेछन।

महिला उपाध्यक्षमा भने अन्जु भण्डारीको मात्रै उम्मेदवारी परेको छ। कुनै उजुरी नपरे वा उनले उम्मेदवारी फिर्ता नलिएको खण्डमा भण्डारी महिला उपाध्यक्षमा निर्बिरोध हुने निश्चित प्राय छ।

त्यसगरी एक महासचिब पदका लागि दुइ जनाको उम्मेदवारी परेको छ। बर्तमान कार्यसमितिका प्रबक्ता बिश्वास गौतम (खगराज) र अघिल्लो निर्वाचनमा उपविजेता भएका श्यामकुमार श्रेष्ठ (श्याम शितल) ले महासचिब पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

त्यस्तै खुल्ला सचिबमा नेत्र पाण्डे, डिल्लीप्रसाद सापकोटा, बिबेक बुढाथोकी, बिनय गुरुङ र दिनेश लोहनीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। सचिब पदमा निर्वाचन प्रक्रिया बाट जम्मा दुइ जना निर्वाचित गरिनेछ।

महिला उपाध्यक्षमा ललिता तामाङ्गको मात्रै उम्मेदवारी परेकाले उनी पनि निर्बिरोध हुने सम्भावना छ। त्यसैगरी क्षेत्रीय सचिब पदका लागि सागर कार्की र ज्ञानेन्द्र भट्टले उम्मेदवारी दिएका छन्।

कोषाध्यक्ष पदका लागि मुक्तिराज रेग्मी, राकेश लामा र कृष्णप्रसाद पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन्। एक सह-कोषाध्यक्षका लागि दुइ जनाको उम्मेदवारी परेको छ।

भेषनाथ गौतम (कृष्ण) र रामु कंडेलले उम्मेदवारी दर्ता गराएका हुन्। महिला सह- कोषाध्यक्षका लागि कामना भण्डारीको मात्रै उम्मेदवारी परेकाले उनी पनि निर्बिरोध हुने सभावना छ।

त्यसैगरी क्षेत्रीय सह- कोषाध्यक्षमा सन्दिप जिसी, नासिरदिना मिया र रमेश गिरीको उम्मेदवारी परेको छ।

एक युवा संयोजक पदका लागि चार जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार दीपक बुर्जा मगर, समिर खड्का, धुर्ब गौतम र रंजित महर्जनले युवा संयोजक पदमा उम्मेदवारी दिएका हुन्।

महिला संयोजक पदमा भने मन्जु बनको मात्रै उम्मेदवारी परेको छ। एक जनाको मात्रै उम्मेदवारी परेकाले उनी पनि निर्बिरोध निर्वाचित हुने सम्भावना छ।

त्यसैगरी महिला सदस्य पदका लागि पनि इश्वरी अर्यालको मात्रै उम्मेदवारी परेको छ। ९ जना खुल्ला सदस्यका लागि ३१ जनाले उम्मेदवारी दिएको पनि निर्वाचन समितिले जनाएको छ।