बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अमेरिकाको अलास्का राज्यको तटीय क्षेत्रमा बुधबार ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु स्यान्ड पोइन्ट टापुबाट करिब ८७ किलोमिटर दक्षिणतिर समुद्रमा, करिब १२.५ माइल (२० किलोमिटर) गहिराइमा थियो।
भूकम्पस्थल नजिकैका क्षेत्रमा केही समयका लागि सुनामीको चेतावनी जारी गरिएको थियो । तर राष्ट्रिय सुनामी चेतावनी केन्द्रले प्रारम्भिक चेतावनीपछि दुई घण्टापछि सुनामीको चेतावनी फिर्ता लिएको छ।
स्यान्ड पोइन्ट क्षेत्रमा अधिकतम ६.१ सेन्टिमिटर (०.२ फिट) उचाइको सानो छाल मात्रै देखिएको जनाइएको छ। यद्यपि, अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन र स्थानीय सूचना प्रणालीको पालना गर्न अनुरोध गरेका छन्।
अहिले सम्म कुनै ठूलो क्षति वा मानवीय क्षतिको खबर आएको छैन।
प्रभावित क्षेत्रहरूमा सार्वजनिक सतर्कता जारी राखिएको छ र सुरक्षा निकायहरू स्थलगत अनुगमनमा खटिएका छन्।