१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । उत्तरी जापानको सेन्दाई क्लासिक गल्फ क्लबमा भइरहेको मेइजी यासुदा लेडिज गल्फ प्रतियोगिता भालु देखिएपछि पुनः रद्द गरिएको छ। बुधबार पहिलो टी नजिक भालु देखिएपछि आयोजकले निर्धारित प्रो–एम प्रतियोगिता र बिहीबारको उद्घाटन दिन दुवै रद्द गर्ने निर्णय गरेका हुन् ।

यो पछिल्लो दुई महिनामा दोस्रोपटक हो जब भालुको उपस्थितिका कारण गल्फ प्रतियोगिता रोकिएको हो। प्रतियोगिताको कुल पुरस्कार राशि १० करोड येन (६ लाख ७० हजार डलर) रहेको छ। आयोजकले बाँकी खेलबारे शुक्रबार निर्णय गर्ने बताएका छन् ।

यसअघि मे महिनामा पनि जापानको अर्को महिला गल्फ प्रतियोगिता ट्विनफिल्ड लेडिज को अन्तिम राउन्ड भालु देखिएपछि रद्द गरिएको थियो । यस्तै, एक महिनापछि विमानस्थलको रनवेमा भालु देखिँदा उडानहरू रद्द भएका थिए।

पछिल्लो वर्ष जापानमा भालुका कारण २१९ मानिसमाथि आक्रमण भएको र ६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तन, खाद्य अभाव र ग्रामीण क्षेत्रमा जनसङ्ख्या कमीले भालुहरूलाई शहर प्रवेशमा उक्साइरहेको छ।