१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। गैरआवासीय नेपाली संघ जापानको २०२५-२०२७ कार्यकालका लागि यहि २७ तारिख चुनाब हुँदैछ। त्यसका लागि शनिवार अध्यक्षका प्रत्याशीद्वय सिद्दार्थ श्रेष्ठ र सुभाष लामिछानेले उम्मेदवारी घोषणा गरेका छन्।

सुरुमा दुवै उम्मेदवारले घोषणासभाको समयनै जुधाएका थिए। पछि विभिन्न क्षेत्र बाट गलत संदेश गएको भन्दै टिका टिप्पणी भएपछी उनीहरुले समय तालिका समायोजन गरेका थिए।

एनआरएनए जापानको निर्वाचनमा अध्यक्षमा उठेका यसअघिका धेरै उम्मेदवारहरुबीचको व्यक्तिगत सम्बन्ध तिक्ततापूर्ण छ। एकअर्काको कटु आलोचना गर्ने र व्यक्तिगत रुपमा आक्षेप लगाउने कामहरु पनि बिगतमा नभएका होइनन। अहिले पनि त्यस्तै हुने हो कि भन्ने सबै चिन्ता छंदैछ।

यहि चिन्ताकाबीच शनिवार टोकियोमा दुवै उम्मेदवारहरुले छुट्टा छुट्टै घोषणा सभाको आयोजना गरे। सुरुमा अध्यक्षका प्रत्यासी सुभाष लामिछानेको घोषणासभा थियो। कार्यक्रम सुरु हुनै लाग्दा अध्यक्षका अर्का प्रत्यासी सिद्दार्थ श्रेष्ठ लामिछानेको घोषणासभामा पुगे, लामिछानेलाई अंगालो मारेर शुभकामना दिएर फर्किए।

‘सिद्दार्थ दाइलाई मंचमा बोलाएर शुभकामना मन्तब्य राख्न दिने योजना थियो’ लामिछानेको कार्यक्रम संचालन गरेका रबिन शर्माले भने ‘तर उहा आफ्नो कार्यक्रमको तयारीका लागि निस्किसक्नु भएकोले त्यो हुन पाएन।’

दिउसो चार बजेबाट अध्यक्षका अर्का प्रत्यासी सिद्दार्थ श्रेष्ठको घोषणासभा थियो। कार्यक्रम सुरु भएको केही समयपछि आफ्नो कार्यक्रम सकेर अध्यक्षका प्रत्यासी लामिछाने श्रेष्ठको कार्यक्रममा पुगे। कार्यक्रम संचालन गरिरहेका सचिन आचार्यले लामिछानेलाइ मंचमा बोलाए, माक्रोफोन हातमा थमाएर बोल्न लगाए।

‘उहा (लामिछाने) आउने न आउने बारे कुनै जानकारी थिएन त्यसैले उहालाई बोल्न दिने योजना पनि थिएन’ श्रेष्ठको कार्यक्रम संचालन गरेका आचार्यले भने ‘उहा आएपछि तत्काल मन्चमा बोलाएको हुँ।’

अध्यक्षका दुइ प्रत्यासीहरु एक अर्काको मंचमा उभिएर जीतका लागि शुभकामना दिएको दृश्य आफैमा दुर्लभ त थियो नै, त्यो संगै सामाजिक एकताका लागि शक्तिशाली संदेश पनि थियो।

एनआरएनए जापानको निर्वाचन पश्चात नेपाली समाज विभाजित हुने बिगतको तितो यथार्थलाइ चिर्दै सुभाष र सिद्दार्थले एक आपसको सहकार्यनै सबै भन्दा शक्तिशाली हो भन्ने संदेश दिएका छन्।

निर्वाचन भनेको प्राबिधिक प्रक्रिया मात्रै हो भन्ने कुरालाई आत्मासाथ गर्दै निर्वाचन पश्चात पनि दुवै उम्मेदवारले आपसी सहकार्यलाइ निरन्तरता दिन सके भने मात्रै सामाजिक एकता कायम रहनेछ। घोषणासभामा देखिएको मिलन र आत्मीयताको अँगालो देखावटी नहोस भन्दै, आपसी समझदारीलाइ जोड दिएका दुवै उम्मेदवारलाइ जीतका लागि अग्रिम शुभकामना।