२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो अगस्ट १ देखि क्यानडाबाट आयात हुने वस्तुहरूमा ३५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।

दुई देशबीच नयाँ व्यापार सम्झौता गर्नको लागि तोकिएको समयसीमाको केही दिन मात्र बाँकी रहँदा ट्रम्पले सामाजिक सञ्जालमा प्रकाशित एक पत्रमार्फत यो चेतावनी दिएका हुन् ।

उक्त पत्रमा ट्रम्पले अन्य व्यापारिक साझेदार राष्ट्रहरूमाथि पनि १५ देखि २० प्रतिशतसम्मको व्यापक भन्सार शुल्क लगाउने धम्की दिएका छन्।

यसप्रति प्रतिक्रिया दिँदै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जालमा लेख्दै आफ्नो सरकार क्यानडाली कामदार र व्यवसायको संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन्। साथै, उनीहरू अगस्टको संशोधित समयसीमा भित्र नयाँ सम्झौता गर्न प्रयासरत रहेको जानकारी दिएका छन्।

यसअघि नै अमेरिकाले केही क्यानडाली वस्तुहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइसकेको छ भने स्टिल, एल्युमिनियम र गाडीमा विश्वव्यापी रूपमा लागू गरिएको ट्रम्पको भन्सार नीतिले क्यानडालाई ठूलो असर परेको छ।

यो कदमले दुई देशबीचको व्यापारिक सम्बन्धमा थप तनाव सिर्जना गर्ने देखिएको छ।