१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारत र बङ्गलादेशबीच आगामी महिना हुने भनिएको क्रिकेट ह्वाइट बल श्रृङ्खलाको छ वटा खेल सन् २०२६ सम्मका लागि स्थगित गरिएको दुवै देशका राष्ट्रिय क्रिकेट बोर्डले शनिबार जानकारी दिएका छन् ।

ढाकामा अगस्ट १७ देखि तीन एकदिवसीय र तीन टि–२० खेलको श्रृङ्खला शुरू हुने तयारी भएको थियो ।

गत वर्ष ढाकामा भएको जनविद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा चिसोपन आएको छ ।

बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले खेल श्रृङ्खलालाई सार्न सहमति जनाएका छन् ।

‘अन्तर्राष्ट्रिय क्रिकेट प्रतिबद्धता र दुवै टोलीको तालिकाको सुविधालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।

बङ्गलादेशको बीसीबीले सन् २०२६ सेप्टेम्बरमा भारतलाई स्वागत गर्न आतुर रहेको बताएको छ ।

सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहबाट हेलिकप्टरबाट भागेर नयाँदिल्ली पुगेकी हसिनाको विषयलाई लिएर ढाकामा गहिरो आक्रोश छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्षको जुलाईदेखि अगष्टसम्ममा हसिनाको सरकारले सत्तामा टिकिराख्न गरेका असफल प्रयासका क्रममा प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि भएका झडपमा एक हजार ४०० जनाको मृत्यु भएको थियो ।

बङ्गलादेशमा सन् २०२६ को शुरूमा चुनाव हुने अपेक्षा गरिएको छ ।