बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । नेपाल एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
मलेसियाको सिलेगंर ट्रफ क्लबमा आज भएको सेमिफाइनल खेलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा परिमार्जन यादवले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ३५ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक रन बनाएको हो ।
यसैगरी शिवान्श बजगाईं २२ बलमा पाँच चौकाको सहयोगमा २३ रन बनाउँदै अविजित रहे । मलेसियाका लागि नागिनिश्वरमले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो । मलेसियाका लागि मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए । त्यस्तै कप्तान डिज पार्तो ३२ बलमा १० रन बनाएर आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका अभय यादवले चार विकेट लिए भने शुभम खनालले तीन विकेट लिए । त्यस्तै कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान एक/एक विकेट लिए । अब नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेता टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनल हङकङ र सिङ्गापुरबीच हुँदैछ ।
नेपाल समूह ‘ए’को विजेता र मलेसिया समूह ‘बी’को उपविजेताको रूपमा सेमिफाइनल पुगेको हो । त्यसअघि समूह चरणमा नेपालले खेलेका सबै चार खेल जितेको थियो ।
नेपालले सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो । त्यस्तै मलेसियाले समूह चरणका चार खेलमध्ये तीन खेलमा जीत हासिल गरेको थियो ।
माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको मलेसियाले हङकङसँग पराजय बेहोरेको थियो । गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।