बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानको दक्षिणी भागमा रहेको एक टापुमा गएको दुई सातामा ९०० भन्दा बढी भूकम्पीय झड्काको महसुस गरिएको छ ।
भूकम्पका कारण कुनै ठूलो क्षति भएको खबर प्राप्त भएको छैन तर जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको दक्षिणमा रहेको तोकारा टापु शृङ्खलामा बुधबार दिउँसो ३ः३० बजे ५.५ म्याग्निच्यूडको भूकम्प गएपछि आपतकालीन पत्रकार सम्मेलन गरेको थियो ।
भूकम्प तथा सुनामी अवलोकन विभागका निर्देशक आयताका एबिताले भने, ‘जुन २१ देखि टोकारा टापु श्रृङ्खला वरपरका समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय छ । आज अपरान्ह ४ बजेसम्ममा यो सङ्ख्या ९०० नाघेको छ ।’
यसको अन्त्य कहिले हुन्छ अनुमान गर्न कठिन भएको उनले बताए ।
टोकारा गाउँ प्रशासनले आफ्नो वेबसाइटमा भनेको छ, ‘लगातारको भूकम्पीय गतिविधिका कारण त्यहाँका बासिन्दाहरूमा ठुलो भूकम्पको त्रास बढेको छ । उनीहरू केही दिनदेखि राम्ररी सुत्नसम्म सकेका छैनन् । थकित भएका छन् ।’
एक स्थानीयले क्षेत्रीय प्रसारक एमबीसीसँग भने, ‘यो टापु निरन्तर हल्लिएको जस्तो महसुस भइरहेको छ। निदाउन पनि धेरै डरलाग्दो अवस्था छ।’
जेएमएका अनुसार यसअघि, सेप्टेम्बर २०२३ मा टोकारा क्षेत्रमा तीव्र भूकम्पीय गतिविधि देखिएको र ३४६ वटा भूकम्प रेकर्ड गरिएको थियो ।
दूरदराजका १२ वटा टोकारा टापुमध्ये सातवटामा करिब ७०० जना बसोबास गर्छन्।