बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। जापानबाट संचालित फोरेक्स रेमिटले आफ्नो डिजिटल प्लेटफर्महरूलाइ थप बिस्तार गरेको छ। एप्लिकेसन मार्फत डिजिटिल सेवामा प्रवेश गरेको उक्त कम्पनीले अब डिजिटल वालेट ‘FJ pay’ समेत संचालनमा ल्याएको हो।
‘डिजिटल वालेटबाट उपभोक्ताहरुले फन्ड ट्रान्सफर समेत गर्न सक्नेछन’ कम्पनीका डाइरेक्टर बाबुराम पौडेलले भने ‘डिजिटल वालेटमा भएको पैसा बैंकबाट निकाल्न समेत मिल्नेछ।’ बैंक बाट निकाल्न भने उक्त वालेटमा अरुले पठाएको पैसा मात्रै मिल्ने पौडेलले जानकारी दिएका छन्।यसको मतलब आफैले वालेटमा जम्मा गरेको पैसा आफैले बैंकबाट निकाल्न मिल्दैन।
फोरेक्सको एप्लिकेसन डाउनलोड गरेका सबै उपभोक्ताहरुबीच डिजिटल वालेटबाट फन्ड ट्रान्सफर गर्न सकिने पौडेलको भनाइ छ। वालेटमा भएको पैसा सिधै नेपाल पठाउन पनि सकिने पौडेलले बताए।
‘यो एक खालको बैंक खाता जस्तै हो, जहाँ पैसा राख्न, निकाल्न र रेमिट्यान्स गर्न समेत मिल्दछ’ पौडेलले भने ‘रेमिट्यान्सकर्ताहरु सहज रुपमा हाम्रा सेवाहरु लिन सकुन भनेर हामीले डिजिट्ल वालेट्सको बिस्तार गरेका हौं।’
उक्त वालेट मार्फत जापान बाट नेपाल लगायत बिश्वका विभिन्न देशमा रेमिट्यान्स पठाउन सकिने पनि पौडेलले जानकारी दिएका छन्। कंपनीले डिजिटल प्लेटफर्म बाहेक टोकियोको कामातामा रहेको मुख्य कार्यालयसंगै टोकियोकै शिनोकोबु लगायत जापानका मुख्य शहरहरुमा आफ्नै शाखा कार्यलय मार्फत प्रत्यक्ष सेवा समेत प्रदान गर्दै आईरहेको छ ।