२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पूर्वी युक्रेनको ड्निप्रो शहरमा रुसी क्षेप्यास्त्र आक्रमणका कारण कम्तीमा सात जनाले ज्यान गुमाएका छन् भने धेरै नागरिक घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् । घाइतेहरूमध्ये १० जना बालबालिका पनि रहेका छन्, जसको अवस्था गम्भीर रहेको बताइएको छ ।

यस घटनाको केही घण्टाअघि युक्रेनकै सुमी क्षेत्रमा भएको मानवविहीन हवाई यन्त्र (ड्रोन) आक्रमणमा पाँच वर्षका बालकको पनि निधन भएको थियो ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्की यसैबीच नेदरल्याण्डमा आयोजित सुरक्षा सम्मेलनमा सहभागी हुन पुगेका छन्, जहाँ मित्र राष्ट्रका नेताहरूसँग रूसविरुद्ध थप प्रतिबन्ध तथा सहयोगबारे छलफल हुने अपेक्षा गरिएको छ ।​

ड्निप्रोपेत्रोभ्स्क क्षेत्रीय उद्धार सेवाले सार्वजनिक गरेका तस्वीरहरूमा घाइते नागरिकहरूको उद्धार तथा उपचारको कार्य भइरहेको देखिन्छ । केही नागरिकहरू गम्भीर रूपमा घाइते भएको र तत्काल स्वास्थ्य सेवामा पठाइएको जानकारी आएको छ ।