बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । इजरायलद्वारा इरानको आणविक केन्द्रमा गरिएका आक्रमणपछि चर्किएको तनाव कम गर्न युरोपेली मुलुकहरूले जेनेभामा कूटनीतिक वार्ता शुरू गरेका छन् । फ्रान्स, जर्मनी र बेलायतका नेताहरूले इरानलाई युद्ध होइन, संवादमार्फत समाधानको मार्ग रोज्न आग्रह गरेका हुन् ।
जेनेभामा इरानी विदेशमन्त्री आवास अराघचीसँगको वार्तामा युरोपेली कूटनीतिज्ञहरूले तनाव घटाउने उपाय खोजिरहेका छन् ।
तर इजरायलले वार्तामा भाग नलिएर कडा अडान लिन युरोपेली मुलुकलाई दबाब दिएको छ । इजरायली राजदूत डेनियल मेरोनले इरानसँग आणविक कार्यक्रम र आतङ्ककारी गतिविधि अन्त्यको माग गर्नुपर्ने बताए ।
उता इरानले वार्ताका बीचमा इजरायली आक्रमण भएको भन्दै आक्रोश व्यक्त गरेको छ । यस्तै, इजरायली क्षेप्यास्त्र आक्रमणपछि इरानबाट पनि प्रतिआक्रमण भएको छ। हालसम्म इजरायलमा २५ र इरानमा २२४ जनाको ज्यान गएको पुष्टि भएको छ।
इरान र इराकमा इजरायलविरुद्ध हजारौं नागरिक सडकमै उत्रेका छन् ।
बेलायत र स्विट्जरल्यान्डले सुरक्षा कारणले आफ्नो दूतावास स्टाफ फिर्ता बोलाइसकेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सबै पक्षलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गरेका छन् ।
तेलको मूल्यमा उछाल, सेयर बजारमा गिरावट
घटनापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकाशिएको छ भने अमेरिकी सेयर बजारमा गिरावट आएको छ। विश्लेषकहरूका अनुसार, यो सैन्य उत्कर्षले ग्लोबल आपूर्ति चेनमा गहिरो असर पार्न सक्छ।
अन्तर्राष्ट्रिय समुदायको चासो
यस द्वन्द्वले विश्वभरबाट कूटनीतिक प्रतिक्रिया निम्त्याएको छ। संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, रुस, चीन र अमेरिकाले दुवै पक्षलाई संयमता अपनाउन आह्वान गरेका छन्। यसबीच, बेलायतले तेहरानस्थित आफ्ना कूटनीतिक कर्मचारीहरू फिर्ता बोलाएको छ।