२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । टर्कीले इरान र इजरायलबीचको हवाई युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने जनाएको छ । 

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने तथा युरोप र यस क्षेत्रलाई हानि पुर्‍याउन सक्ने चेतावनी दिएका हुन् । 

इरानले आणविक अस्त्र विकास गर्न लागेको भन्दै इजरायलले एक साताअघि ठूलो सङ्ख्यामा हवाई आक्रमण गरेपछि इरानले गरेको प्रतिकारका कारण युद्ध चर्किएको छ । 

जर्मनीका चान्सलर फ्रेडरिक मर्जसँगको टेलिफोन वार्तामा गरिएको उनको भनाइ उद्धृत गर्दै एर्दोगानको कार्यालयले भनेको छ, ‘इजरायलको आक्रमणले निम्त्याएको हिंसाको चक्रले यस क्षेत्र र युरोपलाई आप्रवासन समस्या बढाउने र आणविक चुहावटको सम्भावना रहने भएकाले यो युद्धले युरोपलाई व्यापक प्रभाव पार्नसक्छ ।’

एर्दोगानले इरानसँगको आणविक असहमतिको समाधान ‘वार्ताबाट’ मात्रै हुने बताएका छन् ।

हिंसाले क्षेत्रीय सुरक्षाका लागि खतरालाई उच्च स्तरमा पुर्‍याएको र टर्कीले ‘द्वन्द्व अन्त्यका लागि प्रयास गरिरहेको’ उनले बताए ।

बढ्दो द्वन्द्वका बाबजुद टर्कीको रक्षा मन्त्रालय स्रोतले बिहीबार इरानबाट बाहिरिने सङ्ख्यामा ‘कुनै वृद्धि’ नभएको बताएको छ ।
 
टर्कीका अधिकारीहरूले यस दावीलाई पुष्टि गर्ने कुनै तथ्याङ्क सार्वजनिक गरेका भने छैनन्।

टर्कीको पूर्वी शहर वान नजिकैको मुख्य कापिकोय सीमा नाकामा एएफपीका संवाददाताहरूले दुवै दिशाबाट सयौं मानिस पार गरेको देखेको बताएका छन्।