२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आगामी महिना अधिबेशन हुँदैछ। अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले पनि नेतृत्वमा को आउला भन्ने धेरैलाइ चासो लाग्नु स्वाभाविक हो।

एनआरएनए केन्द्र औपचारिक रुपमा विभाजित भएका बेला राष्ट्रिय समन्वय परिषद जापानको अधिबेशन हुन लागेकाले पनि नेतृत्वमा को आउछ भन्ने थप चासोको बिषय बनेको छ।

केन्द्रमा डा. बद्री केसीले नेतृत्व गरेको एउटा र महेश श्रेष्ठले नेतृत्व गरेको अर्को कार्यसमिति सक्रिय छन्। दुवै समितिले आफु आधिकारिक भएको दाबी पनि गरिरहेका छन्। एनआरएनएको आधिकारिकताको मुद्दा सर्बोच्च अदालतको  ‘फुल बेञ्च’ मा पुगेको छ। अदालतको अन्तिम फैसला नआउदा सम्म दुवै कार्यसमितिले आफुनै आधिकारिक रहेको दाबीलाइ निरन्तरता दिने निश्चितनै छ।

यस्तो दुबिदाकाबीच अर्को महिना एनआरएनए जापानको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। यो समाचार तयार पार्दा सम्म नयाँ नेतृत्वका लागि बर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका तीन जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।

आगामी कार्यकालका लागि अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका तीन उपाध्यक्षहरु। तस्बिर : क्योदाई न्यूज

हामीलाई प्राप्त जानकारी अनुसार वर्तमान कार्यसमितिका उपाध्यक्षत्रय सिद्दार्थ श्रेष्ठ, सुभास लामिछाने र सचिन श्रेष्ठले २०२५ -२०२७ कार्यासमितिको अध्यक्ष पदका लागि उमेद्वारी दिने घोषणा गरिसकेका छन्।

बर्तमान कार्यासमितिका उपाध्यक्ष मध्यका कृष्ण गैरे बरिष्ठ उपाध्यक्षमा आफ्नो आकांक्षा रहेको बताएका छन् भने र देबराज उप्रेतीले अहिले सम्म आधिकारिक धारणा सार्बजनिक गरिसकेका छैनन्।

आगामी नेतृत्वका लागि उमेद्वारी दिने घोषणा गरेका सिद्दार्थ श्रेष्ठ २०१५-२०१७ मानार्थ सदस्य, २०१७-२०१९ को सल्लाहकार, २०१९-२०२१ प्रबक्त्ता, २०२१-२०२३ महासचिब हुँदै वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन्।

‘म बिगत लामो समय देखि एनआरएनएका गतिबिधिमा सहभागिता जनाउदै आएको व्यक्ति हुँ’ अध्यक्षका प्रत्यासी श्रेष्ठले भने ‘सन् २०१५ देखि हाल सम्म प्राप्त भएका जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गर्दै आएको अनुभव भएकाले पनि मेरो उमेद्वारी उपयुक्त हो जस्तो लाग्दछ।’

अहिले सम्म महासचिब सम्हालेका कुनैपनि व्यक्ति माथिल्लो पदमा निर्वाचित हुन नसकेको इतिहाँस ‘ब्रेक’ गर्दै श्रेष्ठ अघिल्लो पटक उपाध्यक्ष पदमा ‘झिनो’ मतले बिजयी भएका हुन्।

त्यसैगरी अध्यक्षका अर्का प्रत्यासी सुभाष लामिछाने २०२१-२०२३ को कार्यसमितिमा प्रबक्ता हुँदै अघिल्लो निर्वाचनमा वर्तमान कार्यसमितिका लागि उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्। बर्तमान कार्यसमितिले गरेका निर्णयहरु कार्यान्वयन गराउन अत्यन्तै सक्रिय रहेका लामिछाने कुशल कार्यब्यबस्थापकका रुपमा चिनिन्छन।

बिज्ञापन

‘एनआरएनए जापानको ड्रिम प्रोजेक्टका रुपमा रहेको नेपाल हाउसका बाँकी कार्यभार सम्पन्न गर्नका लागि मैले अध्यक्षका लागि उमेद्वारी दिने निर्णय गरेको हुँ’ लामिछानेले भने ‘त्यसबाहेक अहिलेको कार्यसमितिले अघि सारेर सम्पन्न हुन बाँकी कामहरु सम्पन्न गर्ने मेरो उद्देश्य हो।’

त्यस्तैगरी अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका सचिन श्रेष्ठ पनि लामो समय देखि एनआरएनएको अभियानमा सक्रिय छन्। कान्तोउ क्षेत्रको दुई कार्यकाल सल्लाहकार भएका उनी २०१७-२०१९ कार्यकालमा सदस्यमा मनोनित भएका थिए।

२०१९-२०२१ कार्यकालमा सह-कोषाध्यक्षको भूमिकामा रहेका सचिन २०२१-२०२३ को कार्यसमितिमा कोषाध्यक्ष पदमा पराजित भएका थिए। त्यसपछि बर्तमान कार्यसमितिको उपाध्यक्ष पदमा उमेद्वारी दिएका उनी सबै भन्दा धेरै मत लिएर निर्वाचित भएका हुन्।

‘म निर्वाचनमा पराजित हुँदा पनि अभियान बाट बाहिर गएको छैन, अघिल्लो निर्वाचनमा पनि सबैभन्दा धेरै मत प्राप्त गरी उपाध्यक्ष पदमा बिजयी भएको हुँ’ सचिनले भने ‘त्यसैले एक पटक नेतृत्वमा आएर एनआरएनए जापानलाइ नयाँ उचाइ दिने सोच छ।’

उमेद्वारहरु को कति बलिया ?

उमेद्वारी घोषणा गरेकाहरु उमेद्वारी दर्ता सम्म अहिलेकै अडानमा टिक्छन वा टिक्टैन त्यो त अहिलेनै भन्न सकिन्न। त्यसैमाथि अरु पादाधिकारीहरुले आगामी नेतृत्वका लागि दावी प्रस्तुत गर्छन कि गर्दैनन् त्यो पनि हेर्न बाँकीनै छ।

व्यक्तिगत रुपमा को के कति कारणले बलियो छ भनेर विश्लेषण गर्न सकिदैन तर यसपछि उत्पन्न हुने परिस्थितिहरुको असर कुनै न कुनै रुपमा उमेद्वारहरुमाथि पर्न सक्ने खतरा उत्तिकै छ।

एनएनआरएन केन्द्रमा जे जस्ता घटनाक्रम बिकास भैरहेका छन् त्यसको प्रतिबिम्ब राष्ट्रिय समन्वय परिषद जापानको निर्वाचनमा प्रतिबिम्बित हुने निश्चित जस्तै छ। त्यसबाहेक राजनीतिक खिचातानीको प्रभाबबाट अहिलेको अधिबेशन मुक्त हुने सम्भावना न्यून छ।

केन्द्रमा रहेको डा. बद्रि केसी नेतृत्वको कार्यसमिति र हालै एकताको अधिबेसनबाट निर्वाचित भएको भनिएका महेश श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिको बैधानिकता बारेको मुद्दा अदालतमा पुगेको छ।

दुवै समितिहरुले आफुहरुनै ‘बैधानिक’ भएको दावी गर्दै आइरहेका छन्। कति सम्म भने प्रधानमन्त्री कपी शर्मा ओलीले केसी नेतृत्वको कार्यसमितिलाइ बैधानिक मान्छन भने उनकै परराष्ट्र मंत्री आरजु राणा देउबाले श्रेष्ठ नेतृत्वको कार्यसमितिलाइ आधिकारिक भन्छिन।

एनआरएनएको कुन कार्यसमिति बैधानिक हो भन्ने कुरामा सरकारमै ‘दुई फ्याक्सन’ भएका बेला जापानमा रहेको नेपाली समुदायबीच पनि फरक दृष्टिकोणका बहसहरु हुने निश्चितनै छ।

जापानमा क्रियाशील नेपाली राजनीतिक दलका संगठनहरु मध्ये माओबादीले महेश श्रेष्ठ र एमालेले बद्री केसी नेतृत्वको कार्यसमितिलाइ बैधानिक मान्दछ। कांग्रेसमा कसको नेतृत्व आधिकारिक भन्ने बिषयमा एकमत छैन।

उमेद्वारी दिने घोषणा गरेका तीनजना मध्ये सिद्दार्थ श्रेष्ठको मात्रै लाइन ‘किलियर’ छ भने सुभाष लामिछाने र सचिन श्रेष्ठ ‘पर्ख र हेर’ को स्थितिमा छन् । सिद्दार्थ श्रेष्ठले ‘अदालतको अन्तिम फैसला नआउदा सम्म डा. बद्रि केसीकै नेतृत्व आधिकारिक हो’ भन्छन भने सुभाष लामिछाने र सचिन श्रेष्ठले केन्द्रको बिबादबारे बोल्न आबश्यक नरहेको बताएका छन्।

अदालतको फैसला नआएको खण्डमा बैधानिकताको बिषय निर्वाचन सम्म थप पेचिलो हुने निश्चित प्राय छ। केन्द्रको बिबादका बिषयमा तटस्थ रहेका सुभाष लामिछाने र सचिन श्रेष्ठले निर्वाचन सम्म कुन कदम चाल्छन सोही अनुरुप निर्वाचनको परिणाम यताउता हुने सम्भावना उच्च छ। त्यसैले अहिलेनै कुन उमेद्वार के कति कारणले बलियो भन्ने कुराको विश्लेषण गर्न कठिन छ।