२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इजरायल र हमासबीचको युद्ध २१ औं महिनामा प्रवेश गर्दै गर्दा आइतबार गाजामा इजरायली आक्रमणबाट कम्तीमा १० जनाको ज्यान गएको छ । मृतक मध्ये दुई जना साना बालिकाहरू रहेको गाजाको नागरिक सुरक्षा कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता महमुद बास्सलका अनुसार, बिहान करिब ६ बजेतिर रफाहको पश्चिम क्षेत्रमा रहेको राहत वितरण केन्द्रतर्फ जाँदै गरेका सर्वसाधारणमाथि इजरायली सेनाले गोली चलाएको थियो । ‘घटनामा पाँच जनाको मृत्यु भएको छ र कैयौं घाइतेलाई खान युनिसस्थित नासेर अस्पताल पुर्‍याइएको छु, उनले भने ।

उक्त राहत वितरण केन्द्र अमेरिकाबाट सहयोग प्राप्त गाजा मानवीय सहयोग संस्था नजिकै रहेको थियो । जसको कार्यशैली र निष्पक्षतामाथि संयुक्त राष्ट्रसङ्घ र अन्य मानवसेवा संस्थाहरूले गम्भीर आलोचना गर्दै आएका छन् । संयुक्त राष्ट्रसङ्घले सो संस्थासँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

इजरायली सेनाले घटनापछि प्रतिक्रिया दिँदै भन्यो, ‘सैनिकहरूलाई खतरा हुने गरी सर्वसाधारण अगाडि बढेपछि हामीले चेतावनी दिएर मात्र गोली प्रहार गरेका हौं’, सेनाका अनुसार उक्त क्षेत्रलाई रातभर ‘युद्ध क्षेत्र’ घोषणा गरिएको थियो ।